शशि कपूरको ७९ बर्षको उमेरमा निधन

शशि कपूरको ७९ बर्षको उमेरमा निधन

केन्द्रबिन्दु
0
Shares

मुम्बाई, १८ मंसिर । हिन्दी चलचित्रका लोकप्रिय कलाकार शशि कपूरको लामो समय देखि रहेको विरामीका कारण आज ७९ बर्षको निधन भएको छ ।

पृथ्वीराज कपूरका कान्छो छोराको रुपमा जन्मिएका शशि कपूरले पृथ्वी थिएटरवाट आफ्नो एक्टिङ करिअर शुरु गरेका थिए । आग चलचित्रवाट फिल्मी क्षेत्रमा आएका शशि कपूरले आफ्नो जीवनमा १ सय ६० भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए ।

सन् १९३८ मार्च १८ तारिखमा जन्मिएका शशि कपूरले करिअरको पहिलो चरणमा खेलेका धेरै चलचित्रहरु असफल भएका थिए । जब जब फूल खिलेको सफलता पछि उनको करिअरले कोल्टे फेरेको थियो । कपूरको कोकिलाबेन अस्पतालमा आज देहवासन भएको थियो । उनको देहवासनको समाचार आएपछि धेरै सिनेकलाकारहरु अस्पताल गएका थिए ।

Logo