सनी लियोनी चलिन् फिल्म चलेन, अब गरिन् यस्तो निर्णय

सनी लियोनी चलिन् फिल्म चलेन, अब गरिन् यस्तो निर्णय

केन्द्रबिन्दु
0
Shares

मुम्बाई, १८ मंसिर । पोर्न फिल्म उद्योगबाट बलिउडमा आएकी सनी लियोनीको चाहाना थियो कि आफ्नो इमेज बदलियोस् । पोर्न स्टारको रुपमा होइन, बलिउड अभिनेत्रीको रुपमा स्थापित हुन सकौं ।

तर, उनको पाँच बर्षे बलिउड करियर खासै काम लाग्ने भएन । उनले जिस्म, रागिनी एमएमएस २, वन नाइट स्ट्यान्ड, तेरा इन्तजार जस्ता फिल्म खेलिन् । यस फिल्ममा उनको रोल भन्दा बढी फोकस अंग प्रदर्शनमा भए ।

अहिले तेरा इन्तजार हलमा चलिरहेको छ । यो फिल्मले खास कारोबार गर्न सकेन । तर, फिल्म नचलेपनि उनी चलेकी छिन् । इन्टरनेटमा सबैभन्दा बढी सर्च गरिने बलिउड अभिनेत्रीमा उनी परेकी छिन् । यस दौडमा उनले प्रियंका चोपडा, दीपिका पादुकोण लगायतलाई समेत उछिनेकी छिन् ।

अहिले सनी लियोनीले आफ्नो करियर अर्कैतिर मोडेकी छिन् । उनी अब दक्षिण भारतिय फिल्मतिर लागेकी छिन् । उनले एक तेलगु फिल्ममा साइन गरेकी छिन् । दक्षिण भारतिय फिल्ममा उनी एक्सन लेडीको रुपमा देखिनेछिन् । यसका लागि उनले तलवारबाजी र घोडसवारी सिक्नुपर्ने हुन्छ । भनिन्छ, सनीलाई नयाँ अवतारमा देखिनेछ ।

Logo