डिजे ब्याटलमा गोवा जाइन्टस पहिलो

डिजे ब्याटलमा गोवा जाइन्टस पहिलो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, १७ मंसिर । नेपालमा पहिलो पटक आयोजमा भएको डिजेइङ्ग कम्पिटिसन सम्पन्न भएको छ ।

‘बेटल अफ डिजे एपिसोड–१ केटिएम भर्सेस गोवा’ मा नेपाल र भारतका डिजेवीच प्रतिस्पर्धा भएको थियो । शनिवार राती दरवारमार्ग स्थित क्लब डेजावुमा सम्पन्न भएको प्रतिस्पर्धामा भारतको ‘गोवा जाइन्टसका’ डिजे साज अख्तर बिजयी भएका हुन् ।

कार्यक्रममा नेपालका पाँच र भारतका पाँच डिजेहरु प्रतिस्पर्धामा उत्रिएका थिए । कार्यक्रममा भारतीय अभिनेता नील नितिन मुकेश मूख्य अतिथिको रुपमा रहेका थिए । यो प्रतिस्पर्धामा र्‍यापर लाहुरे, डिजे स्सपोइजन, डिजे राजु, डिजे रविशका साथसाथै भिएतनामका चर्चित डिजे डिजे काइजर निर्णायकको रुपमा रहेका थिए । कार्यक्रमलाई पूर्व मिस नेपाल माल्भीका सुब्बा र भिजे सञ्जय गुप्ताले संचालन गरेका थिए ।

Logo