कपिलको यस्तो कामले जब फराह खानलाई झ्वांक चल्यो

कपिलको यस्तो कामले जब फराह खानलाई झ्वांक चल्यो

केन्द्रबिन्दु
0
Shares

मुम्बाई, १७ मंसिर । कमेडियन कपिललाई अहिले साढे सातको दशा लागेको छ । हुँदाछादाँको टेलिभिजन शोबाट पाखा लागेका उनी विवादै विवादको भूमरीमा पनि फसे । पछिल्लो समय उनी डिप्रेसनग्रस्त भएका छन् ।

द कपिल शर्मा शोबाट करियरको उत्कर्षमा पुगिरहेकै बेला आफ्ना सहकर्मीमाथि दूब्र्यवहार गरेपछि लागेको दशा अझै टरेको रहेनछ । हालै मात्र उनले अर्की बलिउडकर्मीको खप्की खानुपरेको छ । फिल्म निर्देशक तथा कोरियोग्राफर फराह खानले उनलाई ट्वीटबाटै गाली गरेकी हुन् । फराहले कपिललाई ‘म्यानरलेस’ भन्दै लेखेकी छिन्, ‘प्रिय म्यानरलेस लोग, अगर मुझे आपनी फिल्म के प्रिमियर/प्रिव्यू/पार्टी पर बुलाना है तो मुझे ह्वाट्सऐप पर जनता इनवाइट न भेजें ।’

कुरा स्पष्टै छ, कपिलले फराहलाई आफ्नो फिल्म फिरंगीको स्क्रिनिङका लागि निम्तो दिएका थिए । तर, तरिका पुगेन । कपिलले वाट्सएप म्यासेजबाट निम्तो दिए । फराह पनि के कम ? कडा जवाफ फर्काइन्, ‘यदि मलाई निम्तो गर्ने समय छैन भने कसरी सोच्यौ कि तिम्रो इभेन्टमा आउनका लागि मसँग चाहि समय छ भनेर ।’

३० नोभेम्बरमा कपिलले आफ्नो फिल्म फिरंगीको स्पेशल स्क्रिनिङ राखेका थिए । तर, त्यसमा हिमेश रेशमिया, पलक मुछाल, अब्बास मस्तान लगायत केहि सेलिब्रेटी मात्र देखिए । कुनै ठूला कलाकार त्यहाँ पुगेनन् ।

Logo