डिजेइङ ब्याटलमा बलिउड अभिनेता निल नितिन मुकेश (भिडियो सहित)

डिजेइङ ब्याटलमा बलिउड अभिनेता निल नितिन मुकेश (भिडियो सहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, १६ मंसिर । नेपालमा पहिलो पटक आज इन्टरनेशनल डिजेइङ कम्पिटिशन हुदैछ ।

यस कार्यक्रमकालागी भारतीय कलाकार निल नितिन मुकेश मुख्य अतिथिका रुपमा सहभागी हुनेछन् । क्रिएटो एटुजेडले आयोजना गर्न लागेको इन्टरनेशनल डिजेइङ कम्पिटिशनमा ब्याटल अफ डिजे एपिसोड–१ केटिएम भर्सेस गोवामा नेपाली र भारतीय डिजेहरुवीच प्रतिस्पर्धा हुनेछ ।

पत्रकार सम्मेलनमा सहभागी हुँदै निलले नेपाल आउन पाएकोमा एकदमै खुसी ब्यक्त गरेका छन् । ब्याटलमा नेपालका चर्चित डिजेहरु डिजे स्पोइजन, डिजे राजु, डिजे रविश र चर्चित र्यापर लाहुरेका साथसाथै भिएतनामका चर्चित डिजे डिजे काइजर पनि निर्णयकको रुपमा रहेका छन् ।

नेपालमा पहिलो पटक हुन लागेको इन्टरनेशनल डिजेइङ कम्पिटिशनमा सहभागी हुनका लागी डिजे काइजा र भरतीय कलाकार निल नितिन मुकेश नेपाल आएका हुन् ।

निल नितिन मुकेशले के भने भिडियोमा हेर्नुहोला

Logo