सलमानले किन रुचाएनन् बिपसाको कन्डम विज्ञापन

सलमानले किन रुचाएनन् बिपसाको कन्डम विज्ञापन

केन्द्रबिन्दु
0
Shares

मुम्बाई, १६ मंसिर । बिग बोसका होस्ट सलमान खानले बिग बोसबाट बिपाशा बासु र करन सिंह ग्रोबरको कन्डमको विज्ञापन हटाइदिएका छन् । किन सलमानले हटाए त ?

सलमान खानका अनुसार यो विज्ञापन एकदमै हट भयो । त्यसैले यसलाई राख्नु त्यती उचित भएन । फ्यामेली शोमा यस किसिमको कामुक एवं भड्किलो विज्ञापनको गलत अर्थ लाग्छ । किनभने यो बच्चादेखि बुढाबुढीसम्मले हेर्ने कार्यक्रम हो ।

बिग बोस प्रसारण हुने कलर्स टेलिभिजनले पनि यसमा प्रतिपाद गरेनन् । सलमानको आग्रहलाई सहजै स्विकार समेत गरे । बच्चाले पनि हेर्ने कार्यक्रममा यस्तो विज्ञापन उचित नहुने सलमानको भनाईलाई उनीहरुले चुपचाप सदर गरिदिए ।

यो विज्ञापन बिपाशा बासुले पति करन सिंहसँग पछिल्लो महिना शुट गरेकी थिइएन् । यस विज्ञापनमा उनी एकदमै हट देखिन्छन् । यसको भिडियो पनि उनले इन्स्टाग्राममा सेयर गरेकी थिइन् ।

 

Logo