यो फिल्मको ट्रेलरले किन पायो अहिलेसम्मकै सर्वाधिक भ्युज ? (हेरौं ट्रेलर)

यो फिल्मको ट्रेलरले किन पायो अहिलेसम्मकै सर्वाधिक भ्युज ? (हेरौं ट्रेलर)

केन्द्रबिन्दु
0
Shares

हलिउड, १६ मंसिर । अंग्रेजी पात्रो अनुसार यो बर्ष बलिउड फिल्म बाहुबली: द कन्क्लुजनले ठूलै हलचल मच्चायो । बिग बजेट यो फिल्म छायांकनदेखि नै प्रतिक्षारत थियो ।

दर्शकले फिल्मलाई अधैर्यसाथ पर्खेका थिए । जब त्यसको ट्रेलर रिलिज भयो, लाखौले एकसाथ हेरे ।

अहिले भने हलिउड फिल्मले त्यसैगरी चमत्कार गरिरहेको छ । हलिउडको उत्कृष्ट शृंखला एभेन्जर्स इन्फिनिटी वारको ट्रेलरले उधुम मच्याइरहेको छ । बुधबार रिलिज भएको ट्रेलर २४ घण्टाभित्र सर्वाधिक बढी हेरिनेमा दरिएको छ ।

एभेन्जर्सको फ्यान फलोइङ विश्वमै छ । फिल्मको ट्रेलर २४ घण्टामा दुई करोड ३० लाख बढीले हेरिसकेका थिए । यो समाचार शनिवार ३ बजेसम्म अपलोड गर्दा ६ करोड ६६ लाख पटक हेरिसकिएको छ । यो ट्रेलरलाई यसका लागि मेकर्सले दर्शकलाई ट्वीट गर्दै धन्यवाद दिएका छन् । अहिलेसम्म यो फिल्मको ट्रेलर हेर्नेको संख्या करोडौं पुगेको छ ।

कस्तो छ त ट्रेलर : 

Logo