बलिउड नायक निल नितिन मुकेश नेपालमा

बलिउड नायक निल नितिन मुकेश नेपालमा

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु सम्बाददाता 

काठमाडौँ, १५ मङ्सिर । बलिउड नायक निल नितिन मुकेश नेपाल आएका छन् । नायक मुकेश शुक्रबार दिउसो करिब ४ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।

 

नेपालमा पहिलो पटक हुन् लागेको इन्टरनेशनल डिजेइङ कम्पिटिशनमा सहभागी हुन् उनी नेपाल आएका हुन् । यस कार्यक्रमका उनी मुख्य अतिथिका रुपमा सहभागी हुनेछन । क्रिएटो एटुजेडले आयोजना गर्न लागेको इन्टरनेशनल डिजेइङ कम्पिटिशनमा  बेटल अफ डिजे एपिसोड–१ केटिएम भर्सेस गोवा’मा नेपाली र भारतीय डिजेवीच प्रतिस्पर्धा हुनेछ ।

 

कार्यक्रमको व्यवस्थापकले जनाए अनुसार कार्यक्रममा नेपालका पाँच र भारतका पाँच डिजेहरु प्रतिस्पर्धामा उत्रनेछन् । बेटलमा नेपालका चर्चित डिजेहरु डिजे स्पोइजन, डिजे राजु, डिजे रविश र चर्चित रयापर लाहुरे निर्णयकको रुपमा रहनेछन् ।

 

Logo