दशौं एनिभर्सरीमा धुर्मुस सुन्तलीको भिडियो

दशौं एनिभर्सरीमा धुर्मुस सुन्तलीको भिडियो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, १४ मंसिर । चर्चित हाास्य कलाकारद्धय सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’को विवाह भएको आज एकदशक पुगेको छ ।

२०६४ मंसिर १४ गते लगनगाँठो कसेका यी जोडीले दाम्पत्य जीवन सुरु गरेसँगै आफ्नो ‘करिअर’लाई थप उचाइमा पुऱ्याएका थिए । सामाजिक रुपान्तरणका निम्ती सक्रिय उनीहरु आफ्नो पेशा र सामाजिक भुमिकालाई निरन्तर अगाडि बढाउन सफल भएका छन् ।

विवाहको दशौं एनिभर्सरीको अवसर पारेर धुर्मुस सुन्तलीले बिहिबार ‘म जुन दिन देखि…’ (उनी र म) गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

धुर्मुस र सुन्तलीको दश बर्षे यात्राको भिडियो

भर्सटाइल गायक राई इज किङ अर्थात राजेश पायल राई र अन्जु पन्तको आवाज रहेको यस गीतको छायांकन कतार र नेपालमा गरिएको हो । सुबिहानी फिल्मस्को प्रस्तुतिमा संघिय मामिला तथा स्थानिय विकाश मन्त्रालयका सचिव एवं चर्चित गीतकार दिनेश थपलियाको शब्द, लोकप्रिय संगीतकार अर्जुन घिमिरेको संगीत तथा संगीत संयोजन रहेको यो म्युजिक भिडियोमा यस जोडीले अभिनय गरेका छन् ।

Logo