पहिलो बृहत्त अन्तर्राष्ट्रिय डिजेइङ प्रतिस्पर्धा नेपालमा

पहिलो बृहत्त अन्तर्राष्ट्रिय डिजेइङ प्रतिस्पर्धा नेपालमा

केन्द्रबिन्दु
0
Shares

नेपालमा पहिलो पटक डिजेइङ कम्पिटिशन हुँदैछ । ‘बेटल अफ डिजे एपिसोड–  केटिएम भर्सेस गोवा’मा नेपाली र भारतीय डिजेवीच प्रतिस्पर्धा हुने भएको छ । यो कार्यक्रम क्रिएटो एटुजेटले आयोजना गर्न लागेको हो ।

कार्यक्रमको व्यवस्थापन गरिरहेको इभेन्ट नेपालले जनाए अनुसार कार्यक्रममा नेपालका पाँच र भारतका पाँच डिजेहरु प्रतिस्पर्धामा उत्रनेछन् । कार्यक्रममा भारतीय अभिनेता नील नितिन मुकेश मूख्य अतिथिको रुपमा आउनेछन् । उनी शुक्रबार बेलुका आयोजना हुने पत्रकार सम्मेलनमा सहभागी हुने छन् । यो प्रतिस्पर्धामा गायक लाउरे, डिजे स्पोइजन, डिजे राजु, डिजे रविश निर्णयकको रुपमा रहनेछ ।

Logo