जब सनी लियोनीमाथि सर्प चलमलायो, त्यसपछि के भयो ?

जब सनी लियोनीमाथि सर्प चलमलायो, त्यसपछि के भयो ?

केन्द्रबिन्दु
0
Shares

मुम्बाई, १२ मंसिर । बलिउड अभिनेत्री सनी लियोनी यतिबेला आफ्नो प्रदर्शनोमुख फिल्म ‘तेरा इन्तजार’ को प्रचार प्रसारमा ब्यस्त रहेकीछिन् । उनी सोसल मिडियामा एकदमै सक्रिय छिन् । हरेक दिन केहि न केहि पोस्ट गरेकै हुन्छिन् । यसै क्रममा उनले आफ्नो इन्स्टाग्राम एकाउन्टमा एक भिडियो सेयर गरेकी छिन् ।

त्यस भिडियोमा उनको शरीरमा सर्प देखापर्छ । अचानक सर्प देखेपछि सनी तर्सिएर यता उता कुद्छिन् । उनी सर्पसँग निकै डराउँछिन् । चिच्याउँछिन् । र, आफ्नो क्रु मेम्बरलाई लखेट्न थाल्छिन् । खासमा त्यो भिडियो उनकै क्रु मेम्बरहरुले बनाएका हुन् । उनीहरुले नक्कली सर्प सनीको जिउमा राखेर भाग्छन् । यतिबेला केहि साथीले भने भिडियो बनाइरहेको हुन्छ । निकै सेक्सी रुपमा देखिएकी सनी अत्तालिएर उठेको दृश्य हाँसउठ्दो छ । यो भिडियो अहिले निकै भाइरल भैरहेको छ ।

Logo