रानीको ज्याकेटको मूल्य बुलेट क्लासिक बराबर

रानीको ज्याकेटको मूल्य बुलेट क्लासिक बराबर

केन्द्रबिन्दु
0
Shares

मुम्बाई, १० मंसिर । बलिउड स्टारहरूले के लगाउँछन्, कस्तो लगाउँछन्, कसरी लगाउँछन् भन्ने कुरा समाचार बनिरहन्छ । यसपटक वलिउड डिभा रानी मुखर्जीले लगाएको लेदरको ज्याकेटले धेरैको ध्यान तानको छ । एयरपोर्टवाट निस्कदा निलो जिन्स, कालो टिसर्ट र कालै लेदर ज्याकेटमा ठाँटिएकी रानीको ज्याकेट लोभलाग्दो देखिएको थियो ।

उनले लगाएको ज्याकेट हेर्दा सामान्य देखिन्थ्यो । तर उक्त ज्याकेटको मूल्यमा रोयल इन्फिल्डको बुलेट बाइक खरिद गर्न सकिन्छ रे । भारतमै निर्माण हुने ३ सय ५० सिसीको रोयल इन्फिल्ड क्लासिकको मूल्यभन्दा रानी मुखर्जीले लगाएको ज्याकेट महंगो रहेछ । उनको ज्याकेटको मूल्य भनिहालौ भारु करिब डेढ लाख रुपैयाँ ।

भारतमा बुलेट क्लासिक ३ सय ५० सिसिको मूल्य करिब १ लाख ३६ हजार रुपैयाँ भारु पर्ने रहेछ । यति महंगो पहिरनमा रानीको सौन्दर्य नखुल्ने कुरै भएन । उनको क्लासीक लुक निकै लोभलाग्दो देखिन्थ्यो । एजेन्सी

Logo