सबै किसिमका गीत गाँउछन् प्रमोद खरेल (भिडियो सहित)

सबै किसिमका गीत गाँउछन् प्रमोद खरेल (भिडियो सहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, ८ मंसिर । नेपाली सुगम संगीतका लोकप्रिय गायक प्रमोद खरेलको संगीतमा ब्यस्तता बढ्दो रहेको छ ।

चलचित्र, आधुनिक, पप, राष्ट्रिय आदि शैलीमा २ हजारभन्दा बढी गीत गाइसकेका प्रमोदलाई श्रोता माझ स्थापित गरायो ‘मबिना कसै–कसैलाई मुस्किल छ पोखरामा..’ गीतले । यस अघि पनि लोकप्रिय गीतहरु गाइसकेका खरेलको गायन क्षेत्रमा सिग्नेचर गीत भने यही भयो । चलचित्र ‘पल पलमा’ मा ‘यो अंगालो भरिको माया…’ मार्फत पाश्र्व गायन गरेका खरेलले नेपाली चलचित्रका २ सयभन्दा बढी गीतमा स्वर दिइसकेका छन् । उनी आफ्नो सिग्नेचर गीतको संख्यालाई बढाउने सोचाईमा रहेको बताउछन् ।

स्वदेश तथा विदेशमा आयोजना हुने कन्सर्टमा सक्रिय खरेल आफ्ना हरेक कार्यक्रममा आफ्ना एक दर्जन भन्दा बढी लोकप्रिय गीतहरु प्रस्तुत गर्छन् । खरेल यतिबेला नयाँ गीतको रेर्कडिङ्गमा ब्यस्त छन् ।

भिडियो हेर्नुहोला

Logo