सनी लियोनीको यो फिल्म १८ बर्ष मुनिकाले हेर्न नपाउने

सनी लियोनीको यो फिल्म १८ बर्ष मुनिकाले हेर्न नपाउने

केन्द्रबिन्दु
0
Shares

मुम्बाई, ८ मंसिर । सनी लियोनी स्टार रहेको फिल्म ‘तेरा इन्तजार’को इन्तजार गरिरहेका किशोर दर्शकलाई दुखको खबर रहेको छ, उनीहरुले यो फिल्म हेर्न नपाउने भएका छन् ।

यो फिल्म आजवाट सार्वजनिक हुँदैछ । फिल्मको ट्रेलर सार्वजनिक भइसकेको छ । यसमा सलमान खानका भाई अरबाजसँग सनी लियोनीले स्क्रिन सेयर गरेकी छिन् । भारतको सेन्सर बोर्डले यो फिल्मको दर्शकलाई कित्ताकाट गरिदिएका छन् । अब १८ बर्षभन्दा कम उमेरकाले फिल्म हेर्नका लागि हलमा प्रवेश पाउने छैनन् । भारतको सेन्सर बोर्डले यो फिल्मलाई ए सर्टिफिकेट दिएको छ, जसको अर्थ हो वयष्कले मात्र हेर्न पाउने ।

फिल्म मेकर्सले यसको युनिभर्सल प्रमाणपत्रको अपेक्षा गरेका थिए, ताकि सबै बर्गका दर्शक ओइरो लागोस् । तर, सेन्सर बोर्डले ए सर्टिफिकेट दिएपछि यसका निर्माण पक्षले दुख व्यक्त गरेका छन् । फिल्ममा केहि कामुक दृश्य छ । सनी लियोनी भएपछि त्यस्तो दृश्य हुने नै भयो । सेन्सर बोर्डका अनुसार यस्ता दृश्य काटिएका छैनन् । यदि युनिभर्सल प्रमाणपत्र दिनु परेको भए ति दृश्यहरु अटाउने थिएनन् । एजेन्सी

Logo