जब शाहरुखको इन्टिमेन्ट सिनबारे यस्तो खबर छापियो …

जब शाहरुखको इन्टिमेन्ट सिनबारे यस्तो खबर छापियो …

केन्द्रबिन्दु
0
Shares

मुम्बई, ५ मंसिर ।

शाहरुख खानलाई बलिउडमा मिलनसार अभिनेता मानिन्छ । ऊ सबैसँग खुला दिलले मिल्छ । चाहे प्रशंसक होस् वा मिडिया, सबैसँग उनी हार्दिकतापूर्वक पेश हुन्छन् ।

तर, करियरको पूवाद्र्धमा एउटै आर्टिकलका कारण शाहरुख फन्दामा परेका थिए । यसबाट बिच्किएका शाहरुखले पत्रकारलाई गाली गर्नुका साथै कुटपिटमा समेत उत्रिएका थिए । त्यही कारण उनी पक्राउ समेत परे ।

कुरा सेप्टेम्बर १९९२ को हो । त्यसबेला शाहरुख निर्देशक केतन मेहतासँग फिल्म ‘माया मेमसाब’को छायांकनमा थिए । यस फिल्ममा शाहरुख र अभिनेत्री दीपा साहीको इन्टिमेट सिन थियो । त्यही बेला मुम्बईको ग्ल्यामर म्यागजिनले खबर छाप्यो, निर्देशक केतनले अभिनेत्री दीपा (जो, उनकी पत्नी पनि हुन्) लाई मुम्बईको एक होटलमा शाहरुखसँग रात बिताउन लगाएका छन् । यसले गर्दा उक्त दृश्य वास्तविक जस्तो देखियोस् ।

साथै के पनि लेखिएको थियो भने, शाहरुख र दीपाले यो कुरा स्वीकार गरिसकेका छन् । उनीहरु त्यसका निम्ति तयार पनि भएका छन् । त्यसको भोलिपल्ट केवल निर्देशक र सिनेम्याटोग्राफर मात्र बसेर उक्त दृश्य कैद गरिनेछ ।

जब यस्तो खबर आयो, शाहरुख नराम्ररी रिसाए । उनले एक इभेन्टमा पत्रकारमाथि हात हाले । जमेर गाली पनि गरे । साथै त्यस पत्रकारको घरमा पुगेर कुट्ने धम्की पनि दिए । नभन्दै उनी त्यस पत्रकारको घरमा पुगेर सबैका सामुन्ने गाली गरे । शाहरुखले त्यसलाई नपुंसक बनाउने धम्की दिए ।

शाहरुखको यस्तो व्यवहारले पत्रकार डराए । उनले प्रहरीलाई उजुरी गरे । पछि प्रहरीले शाहरुखलाई पक्राउ समेत गर्यो । तर, उनलाई जेल पठाइएन । केही प्रहरीले त उनको अटोग्राफ लिन थाले । शाहरुखले त्यही स्टेशनबाट पत्रकारलाई फोन गरेर भने, ‘म अहिले जेलमा छु, अब मार्न आउँछु ।’ एजेन्सी

Logo