‘दबंग गर्ल’को फोटो किन भाइरल भयो ?

‘दबंग गर्ल’को फोटो किन भाइरल भयो ?

केन्द्रबिन्दु
0
Shares

मुम्बई, ५ मंसिर ।

कोमल अनुहार । आकर्षक । तर, प्रहरी बर्दीमा । हो, यही तस्विर अहिले भाइरल भएको छ, सोसल मिडियामा । उनको तस्बिर सोसल मिडियामा आएपछि नानाथरी कमेन्ट्स आउन थालेको छ । कतिले लेखेका छन्, यति सुन्दरी प्रहरी भएपछि अपराधीहरु आफै आत्मसर्मपण गर्न लालायित हुन्छन् ।

यो फोटो भारतको पंजाबस्थित भटिन्डा थानाकी एसएचओ हरलीलन कौर हुन् भनेर दावी गरिएको छ ।

के यी महिला एसएचओ हुन् ? फेसबुक, ट्वीटर र ह्वाट्स एपमा भाइरल भएको यस तस्बिरमा देखिएकी महिला खासमा प्रहरी एसएचओ होइनन् । बरु, अभिनेत्री कायनात अरोडा हुन् । एक टेलिभिजन अन्र्तवार्तामा उनले यो कुरा खुलासा गरेकी हुन् । आफ्नो इन्स्टाग्राम एकाउन्टमा पनि उनले यो कुरा लेखेकी छिन् ।

खासमा यो तस्बिर त्यही बेला बाहिरियो, जब उनी सुटिङको क्रममा थिइन् । उनले एक एसएचओको भूमिका निर्वाह गर्दै थिइन् । यही क्रममा कसैले उनको तस्विर खिँचेर सोसल मिडियामा अपलोड गरिदिए ।

यिनी अभिनेत्री थिइन् । तर, सोसल मिडियामा वास्तविक प्रहरी ठानियो । उनले २०१० मा अक्षय कुमारसँग फिल्म ‘खट्टा मीठा’बाट डेब्यु गरेकी थिइन् । एजेन्सी

Logo