बलिउड सेलिब्रेटीको अनौठो सौख

बलिउड सेलिब्रेटीको अनौठो सौख

केन्द्रबिन्दु
0
Shares

मुम्बाई, ४ मंसिर । बलिउडका सेलिब्रेटी स्टारहरू अभिनय मात्र गर्दैनन् । अरु कुरामा पनि उनीहरु सौखिन् रहेका छन् । कोहि पेन्टिङ बनाउँछन् भने कोहि खानेकुरा मिठो बनाउछन् । यहाँ तिनै सेलिब्रेटीको अनौठो सौखबारे हामी तपाईहरूलाई जानकारी गराउछौं ।

शाहरुख खान गजेट प्रेमी
किंग खानको उपनाम पाएका शाहरुख खान ग्याजेट्सका अति सौखिन छन् । उनले आफ्नो घरको एउटा कोठालाई ग्याजेट्सकै नाम दिएका छन् । त्यहाँ भिडियो गेमदेखि अरु ग्याजेट्स राखिएका छन् । शाहरुख कारको पनि सौखिन छन् । उनी आफ्ना साथीलाई पनि अक्सर कार नै गिफ्ट दिने गर्छन् ।

कंगना रनवट, कुकिङ
हिमाञ्चलको गाउँबाट आएकी कंगनाले सानैदेखि खाना पकाउन सिकिन् । उनी मौका मिल्नसाथ खाना पकाउँछिन् । यो उनको सानै देखिको सौख हो ।

अक्षय कुमार मार्शल आर्ट
अक्षय कुमार मार्शल आर्टका सौखिन मात्र होइन, राम्रा खेलाडी पनि हुन् । उनले बैंककमा यसको तालिम समेत लिएका थिए । यसका साथै उनलाई फोटोग्राफीको पनि सौख छ । अक्षय खान बनाउन पनि रुची राख्छन् ।

बिद्या बालन, कविता लेखन
बिद्या बालन शानदार अभिनय त गर्छिन् नै साथसाथै उत्तिकै राम्रो कविता पनि लेख्छिन् । उनले खुलेर यो कुरा भनेकी त छैनन् । यद्यपी आफ्ना साथीहरुलाई उनी कविता भने सुनाउने गर्छिन् ।

सलमान खान पेन्टिङ
सलमान खान पेन्टिङका सौखिन हुन् । उनी निकै राम्रा पेन्टिङ बनाउँछन् । उनले आफुले बनाएको पेन्टिङ विक्री गरेर सामाजिक सेवामा समेत खर्चिन्छन् । एजेन्सी

Logo