प्रभासका यी लेडी फ्यानले किन गरिन् यस्तो ?

प्रभासका यी लेडी फ्यानले किन गरिन् यस्तो ?

केन्द्रबिन्दु
0
Shares

मुम्बाई, ३ मंसिर । बाहुबली बर्षकै भव्य फिल्म हो । यसको अघिल्लो भाग र दोस्रो भाग दुबैले धमकेदार कारोबार गर्‍यो । फिल्मले यसका कलाकारको लोकप्रियतालाई पनि चुलीमा पुर्‍यायो । जस्तो कि, प्रभास ।

दक्षिण भारतिय फिल्मका यी अभिनेताले यसअघि पनि राम्रा फिल्म खेलेका थिए । तर, अहिले जस्तो फेम पाएका थिएनन् । अहिले भने उनको सर्वत्र चर्चा छ । केहि समयअघि एउटा खबर छाएको थियो, प्रभासका लागि हजारौं लभलेटर पठाइएको बारेमा ।

बाहुबली बनेका प्रभास जस्ता लक्का जवानलाई पाउन केटीहरुले हत्ते हाल्ने नै भए । यसैबीच उनको एक यस्तो लेडी फ्यान निस्किएकी छिन्, जसले पिठ्युमा पेन्टिङ नै बनाइन् । यसमा प्रभासको बाहुबलीको लुक्स छ । अहिले लेडी फ्यानको यस्तो पेन्टिङ सोसल मिडियामा भाइरल भएको छ ।

भारतको हैदराबादमा बस्ने यी लेडी फ्यानले यो पेन्टिङ आफ्नो बर्थडेमा बनाएकी थिइन् ।

भनिहालौ, यतिबेला प्रभास हैदराबादमा फिल्म छायांकनको क्रममा छन् । उनको फिल्म हो, साहो । यस फिल्ममा उनीसँग श्रद्धा कपुरले स्क्रिन साझेदार गर्दैछिन् ।

Logo