कंगना रनवत किन फस्दैछिन् लफडामा ?

कंगना रनवत किन फस्दैछिन् लफडामा ?

केन्द्रबिन्दु
0
Shares

कहिले कहिं आफैले खनेको खाल्डोमा फसिन्छ । यस्तै भएको छ बलिउड क्विन कंगना रणवतलाई । ऋतिक रोशनलाई फसाउन उनले जे जति जाल बुनिन्, त्यो जालमा उनी आफै फसिन् । अहिले त्यहाँबाट उम्कनका लागि उनलाई निकै गाह्रो भइरहेको छ ।

भएको के थियो भने, हृतिक रोशन र सुजैनको सम्बन्ध विच्छेद भएपछि कंगना हृतिकसँग नजिकएकी थिइन् । हुन त उनीहरु धेरै अघि ‘काइट’ फिल्मबाटै जोडिएका थिए । त्यसबेला हृतिकको घरबार राम्रैसँग चलिरहेको थियो । दाम्पत्य जीवनमा खटपट थिएन । पछि हृतिक परस्त्रीमा लोभिएकै कारण सुजैनले उनीसँग डिभोर्स मागिन् । बलिउडमा उनीहरुको सम्बन्ध विच्छेदले ठूलै भूईचालो ल्यायो ।

यहि मेसोमा कंगना र हृतिकको हिमचिम बढेको खुलासा भयो । यो खुलासा गर्ने अरु कोहि नभएर कंगना नै थिइन् । पछि उनीहरुबीच पनि खटपट भयो । अन्ततः हृतिकलाई फसाउन कंगनाले अनेक दाउपेच रच्न थालिन् । हृतिकको विषयमा उनले नितान्त व्यक्तिगत कुराहरु समेत खुलासा गरेर जगत हसाइन् ।

लामो समय हृतिकले सहे । उनी चुपचाप बसे । तर, कंगनाको हमला चर्किदै गएपछि उनीपनि प्रतिकारमा उत्रन बाध्य भए । हृतिकले कंगना बिरुद्ध लिखित उजुरी नै दिए । उक्त उजुरीले कंगनाको एकपछि अर्को पोल खोल्थ्यो । वास्तवमा कंगनाले हृतिकलाई पठाउने गोप्य इमेलमा बलिउडका चल्तापूर्जा अभिनेताको नाम जोडेर आफुसँग अन्तरंग सम्बन्ध भएको खुल्थ्यो । यो विवाद यसरी बढ्दै गयो कि, लहरो तान्दा पहरो गर्जिन्छ भनेजस्तै भयो ।

पछिल्लो समय आदित्य पंचोली पनि यसमा मुसिएका छन् । उनले पत्रकार सम्मेलन नै गरेर कंगनाको बिरुद्ध बोले, जो निकै विवादित भयो । आदित्यले कंगनालाई लक्षित गरेर भने, ‘तिमी भन्दा रामो कलाकार त इन्डियन आइडलमा आउँछन् ।’

के पनि सुनिन्छ भने, पछिल्लो समय कंगनालाई बलिउड पार्टीहरुको निम्तोसमेत आउन छाडेको छ ।

Logo