सिन्धुपाल्चोक, १,मंशिर

चर्चित नायिक रेखा थापा बिहीबार साँगाचोक, भीमटारस्थित पिछडिएका अल्प संख्यक समुदाय माझीगाउँमा भेटिइन। "/>

पशुपति शम्शेरको पक्षमा भोट माग्दै रेखा थापा सिन्धुपाल्चोकमा व्यस्त

पशुपति शम्शेरको पक्षमा भोट माग्दै रेखा थापा सिन्धुपाल्चोकमा व्यस्त

केन्द्रबिन्दु
0
Shares

सिन्धुपाल्चोक, १,मंशिर

चर्चित नायिक रेखा थापा बिहीबार साँगाचोक, भीमटारस्थित पिछडिएका अल्प संख्यक समुदाय माझीगाउँमा भेटिइन। पर्दामा देखिइरहने उनलाई प्रत्यक्ष भेटेपछि स्थानीय माझी समुदायका महिला र बालबालिकाले घेरि हाले। आदरपूर्वक नमस्ते गर्दै उनले महिलाहरुसँग भलाकुसारी गरिन् । सञ्चो, बिसञ्चो र गाउँका दुःख, सुख सोधिन्। स्थानीय केटाकेटीसँगै परिचय गर्दै पढाइबारे जानकारी लिइन् । अबिरल बहिरहने इन्द्रावती नदीको सुन्दर यो गाउँमा उनी फिल्म सुटिङका लागि आएकी होइनन्। केही समयका लागि फिल्मकर्म स्थगित गरेर उनी चुनावी अभियानमा आएकी हुन्। अभिनेतृबाट उनले महिला नेतृको परिचय पनि थपेकी छिन्। उनी राप्रपा (प्रजातान्त्रिक) कि सहमहामन्त्री समेत हुन् । उनका पार्टी अध्यक्ष पशुपतिसम्शेर राणा सिन्धुपाल्चोक–२ बाट प्रतिनिधिसभा सदस्यको प्रतिस्पर्धामा छन् ।

रेखाले भनिन्, ‘यस पटक पनि राणालाई हराए सिन्धुवासीलाई पाप लाग्छ’ राति सुत्नु अघि राणाको विषयमा गम्भीर भएर सोच्न उनले मतदातासँग आग्रह गरिन्। त्यसैले नायिका थापालाई राणाको पक्षमा भोट माग्ने चटारो थपिएको हो। ‘लोकतान्त्रिक गठबन्धनका उम्मेदवारको प्रचार गर्न यहाँ आएकी हुँ,’ उनले भनिन्, ‘विशेष त हाम्रा अध्यक्ष (राणा) लाई जिताउने अभियानमा छु।’ माझी समुदायसँग भोट मागेपछि उनले राणाको पक्षमा देखिएको लहरले उत्साही भएको बताइन् । स्थानीय महिलाले गाउँमा खानेपानी र सिँचाइको धेरै दुःख रहेको गुनासो नायिका थापासँग सुनाए । उनको आगमनको खबरपछि विद्यालय नै खाली गरेर आएका विद्यार्थीले थापालाई घेर्दै विद्यालय भवन गतिलो नभएको दुःखेसो पाखे । ‘गाउँ तल इन्द्रावती बहिरहेको छ। विद्यालयमा पानी पिउन नपाइ काकाकुल हुन्छौँ,’ सेल्फी खिचाउँदै उनीहरुले थापासँग भने।
नागरिकबाट

Logo