पदमावती फिल्मलाई करणी सेनाले किन भन्यो, यो विषको ज्वाला हो

पदमावती फिल्मलाई करणी सेनाले किन भन्यो, यो विषको ज्वाला हो

केन्द्रबिन्दु
0
Shares

मुम्बई, २९ कात्तिक ।

प्रदर्शनको मिति नजिकिँदै गर्दा संजय लीला भन्सालीको फिल्म ‘पदमावती’ थप संकटमा पर्दै गएको छ । फिल्म डिसेम्बर १ मा रिलिज हुने पक्कापक्की भएको छ । तर, त्यस दिन बन्द गर्ने उद्घोष गरिसकेको छ, राजपूत करणी सेनाले । उनीहरुले भनेका छन्, ‘यो विषको ज्वाला हो । यसले जलाउनुअघि नै रोक्नुपर्छ ।’ करणी सेनाका प्रमुख लोकेन्द्र सिंह कालवीले फिल्म प्रदर्शनलाई जसरी पनि रोक्ने दावी गरेको छ ।

यो फिल्म छायांकनको क्रममा पनि करणी सेनाले निर्देशक भन्सालीमाथि आक्रमण गरेका थिए । छायांकनस्थलमा आएर उनीहरुले सुटिङका सेट तोडफोड गर्नका साथै भन्सालीको कपाल लुछेका थिए । त्यसपछि यो घटनाले बलिउडमा नयाँ तरंग पैदा गरेको थियो । थुप्रै बलिउडकर्मीले घटनाको भत्सर्ना गरेका थिए ।

त्यसो त अहिले पनि बलिउडकर्मी भन्सालीको पक्षमा वकालत गरिरहेका छन् । तर, राजपूत करणी सेना भने उग्र रुपमा फिल्मको विरुद्धमा उत्रिएको छ । उनीहरुले फिल्म प्रदर्शन हुने दिन भारतभर प्रदर्शन गर्ने उर्दी जारी गरेका छन् । उनीहरु किन यति आक्रमक भएका हुन् त ?

किनभने, संजय लीला भन्सालीले रानी पदमावतीको कथालाई तोडेको उनीहरुको आरोप छ । ग्ल्याराइज्ड गर्ने क्रममा एउटा ऐतिहासिक कथाको मर्म तोडिएको उनीहरुको भनाइ छ । तर, भन्सालीले भने वास्तविक कथाको मर्मलाई आफूले नमारेको जिकिर गर्दै आएका छन् । एजेन्सी

Logo