आमिर खानको बाल्यकालको रोचक प्रसंग : कति जिद्दी, कति मूर्ख ?

आमिर खानको बाल्यकालको रोचक प्रसंग : कति जिद्दी, कति मूर्ख ?

केन्द्रबिन्दु
0
Shares

मुम्बई, २८ कात्तिक ।

आमिर खानको आगामी फिल्म ‘ठग्स अफ हिन्दुस्तान’लाई अहिले दर्शकले अधैर्यसाथ पर्खिरहेका छन् । यो धैर्यता २०१८ सम्म कायम राख्नुपर्ने छ । फिल्म अहिले पनि छायांकन भइरहेको छ । यसमा आमिरलाई भिन्न लुक्समा देखिनेछ, जसरी यसअघिका फिल्ममा देखिए । अतः यहाँ उनको बाल्यकालमा जोडिएका रमाइला कुरा पेस गरिएको छ । यो किस्सा चर्चित फोटो पत्रकार प्रदीप चन्द्रको किताब ‘आमिर खान’मा उल्लेख छ ।

किस्सा १
आमिर खान त्यसबेला तीन वर्षका थिए । उनले दौडमा भाग लिएका थिए । उनलाई हौसला दिनका लागि छिमेकीहरु मैदानमा गए । उनीहरु हुटिङ गरिरहेका थिए, ‘कम अन आमिर ।’

आमिरलाई लाग्यो, तिनीहरुले आफूलाई पछाडि बोलाइरहेका छन् । उनी आफन्तले बोलाएको ठानेर पछाडि फर्किए । दौडमा उनी हारे । यसबाट उनी ती छिमेकीसँग नराम्ररी बिच्किए, जबकि गल्ती उनी स्वयमको थियो ।

किस्सा २
बाल्यकालमा आमिरले गल्र्स हाइस्कुलमा पढे । उनकी दिदी त्यहीँ पढ्थिन् । त्यस स्कुलको बाहिरी पर्खाल मरीना अपार्टमेन्ट्ससँग जोडिएको छ । त्यही अपार्टमेन्ट्समा अहिले पनि आमिर बसोबास गर्छन् । उक्त स्कुलमा केटीलाई मात्र भर्ना गरिन्थ्यो । यद्यपि नर्सरी क्लासमा भने केटाहरु पनि लिइन्थ्यो । त्यही कारण आमिरले उक्त स्कुलमा केटीहरुसँग घेरिएर पढ्ने मौका पाए ।

किस्सा ३
आमिरले बाल्यकालमै फिल्म खेलेका थिए । उनलाई एक फिल्ममा शशी कपूरको बचपनको रोल खेल्न प्रस्ताव आएको थियो । तर, त्यसलाई उनले अनौठो ढंगले चुकाए । फिल्मको नाम थियो, प्यार का मौसम । आमिरलाई उक्त फिल्मका लागि काका नासिर हुसेनले तयार गरे । उनलाई छायांकनमा पनि लगियो । तर, त्यो दृश्य दिनका लागि आमिरले मानेनन् ।

दृश्य यस्तो थियो, आमिर कारमा बस्नुपर्ने । तर, त्यो कारमा उनी बसेनन् । किनभने त्यो कारमा अर्का फिल्म निर्माता राज खोसलाका छोरा र मित्र रीना खोसला थिएनन् । उनीहरु आपसमा राम्रा साथी थिए । रीना कारमा नभएकै कारण आमिर त्यहाँ बस्न मानेनन् । सबैले उनलाई दिनभर मनाउने कोसिस गरे, तर उनले जिद्दी छाडेनन् । आखिरमा त्यस ठाउँमा आमिरका भाइ फैजललाई राखियो । (एजेन्सी)

 

Logo