जूही चावलाले आफु जस्तै छोराछोरीलाई किन गुमनाम बनाइन्

जूही चावलाले आफु जस्तै छोराछोरीलाई किन गुमनाम बनाइन्

केन्द्रबिन्दु
0
Shares

मुम्बाई, २७ कात्तिक । जूही चावला, आफ्नो जमानाकी चर्चित हिरोइन । अहिले उनी बलिउडबाट ओझेलमा छिन् । फिल्मको रंगीन दुनियाँबाट गृहस्थी जिवनमा गएको बर्षौ भएपनि उनी फर्किन चाहिरहेकी छैनन् । उनलाई अहिले घरपरिवार नै रमाईलो लाग्न थालेको छ ।

जूही चावलाले आफ्ना दुई सन्तानलाई हुर्काइ सकिन् । तर, अन्य स्टार किड्स जस्ता जुहीका छोराछोरी भने लाइमलाइटमा आएका छैनन् । उनी छोराछोरीलाई डोहोर्‍याउँदै सेलिब्रेटी पार्टीमा पुग्छिन्, न फिल्मी इभेन्टमै देखा पर्छिन् । उनले छोराछोरीलाई लाइमलाइटबाट आफुलाई जस्तै टाढै राखेकी छिन् ।

जूहीकी जेठी छोरी हुन् जान्ह्वी । छोरा अर्जुन । दुबैले धीरुभाई अम्बानी इन्टरनेशनल स्कुलबाट पढाई पुरा गरेका छन् । अहिले उनीहरु थप अध्ययनका लागि लन्डनमा छन् । दुबैको भर्ना उनले बेलायतको बोर्डिङ स्कुल चार्टड हाउसमा गराएका छन् । एजेन्सी

Logo