कौशलराजको ‘काली खोला…’ गीत सार्वजनिक

कौशलराजको ‘काली खोला…’ गीत सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २७ कात्तिक ।

युवा गायक कौशलराज खड्काको सुमधुर स्वरमा सजिएको ‘काली खोला…’ बोलको आधुनिक गीत भिडियो एल्बम हालै राजधानीमा सार्वजनिक भएको छ । चन्द्रलाल तामाङका शब्दहरूलाई मनोज चौलागाईंले संगीत दिनुका साथै एरेन्ज पनि गरेका छन् ।

एसपी पिक्चर्सको अडियो लेबल रहेको गीतको भिडियो भर्सनमा रचिता र कौशल आफैले मोडलिङ गरेका छन् । त्यसैगरी क्यामरा नवराज उप्रेतीको छ भने सम्पादन टेकेन्द्र साहले गरेका छन् ।

नेपाली सांगीतिक फाँटका व्यस्त एवम् प्रभावशाली सिनेमाटोग्राफर तथा युवा निर्देशक सुदीप बरालले यस भिडियो एल्बमको पनि निर्देशन गरेका छन् ।

 

Logo