केन्द्रबिन्दु समाचारदाता

काठमाडौं , २७, कात्तिक

नेपालको चर्चित डान्स ग्रुप द कार्टुन्ज क्रुको नयाँ भिडियो सार्वजानिक भएको छ । "/>

नविन रावल र एन्जिला रेग्मीको ‘दिलको भित्तै’मा

नविन रावल र एन्जिला रेग्मीको ‘दिलको भित्तै’मा

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु समाचारदाता

काठमाडौं , २७, कात्तिक

नेपालको चर्चित डान्स ग्रुप द कार्टुन्ज क्रुको नयाँ भिडियो सार्वजानिक भएको छ । ‘दिलको भित्तै’मा बोलको यो गितमा नविन रावल, अल्मोडा राना उप्रेती र एन्जिला रेग्मीको स्वर छ । भिडियोमा कार्टुन्ज क्रु को गज्जब गज्जबको डान्स स्टेपहरु देख्न सकिन्छ । कलेज लाईफमा हुने रोचक दृष्यहरु समेटिएको यो भिडियोमा आश्मा विश्वकर्मा र सरोज अधिकारीको लभ सिक्वेन्स पनि हेर्न लायकको छ । स्वयं गायक समेत रहेका नविन रावलकै संगितमा तयार गितलाई मिलन विष्टले लेखेका हुन । रमाईला शब्दहरु लेख्न माहिर गितकार मिलन विष्ट भिडियोमा होस्टेल वार्डनको भुमिकामा समेत देखिएका छन ।
गायक नविन र एन्जिलालाई भिडियोको अन्तिममा शिक्षकको रुपमा रोचक तवरले प्रस्तुत गरिएको छ । नयाँ नयाँ क्रियशन गर्दै भिडियोलाई मसालेदार बनाउने डान्स ग्रुपको रुपमा चिनिएको कार्टुन्ज क्रु को यो भिडियोलाई सार्वजानिक भएको केही समयमै हजारौं राम्रा राम्रा लाईक र कमेन्टहरु प्राप्त भैरहेका छन ।

 

Logo