सनी लियोनी मात्र होइन, यी भारतीय युवती पनि पोर्न उद्योगमा

सनी लियोनी मात्र होइन, यी भारतीय युवती पनि पोर्न उद्योगमा

केन्द्रबिन्दु
0
Shares

मुम्बई, २६ कात्तिक ।

पोर्न उद्योगमा भारतीय मूलकी सनी लियोनीको खास चर्चा छ । तर, अहिले उनले बलिउडमा अवतरण गरिसकिन् । बिग बोस हुँदै बलिउडमा प्रवेश गरेपछि सनीको पुरानो छवि बदलिएको छ । उनी पोर्नस्टारबाट बलिउड अभिनेत्री भएकी छिन् । तर, अरु पनि भारतीय युवती छन्, जो पोर्न उद्योगमा छन् ।

प्रिया अन्जली
उनको नाम हो, प्रिया अन्जली । भारतको राजधानी दिल्लीमा जन्मिएकी हुन् उनी । उनी दुई वर्षको छँदा एक अमेरिकी दम्पतीले अमेरिका पु¥याएका थिए । प्रियाले २९ वर्षको उमेरदेखि पोर्न उद्योगमा पाइला राखिन् ।

अन्जली कारा
अन्जली काराको जन्म दिल्लीमा भयो । तर, उनी अहिले बेलायतमा बस्छिन् । उनले २००३ बाट पोर्न उद्योगसँग साइनो जोडिन् । उनी सुरुवाती दिनमा मोस्ट हटी स्क्रिन पर्फमर समेत बनिन् । अन्जलीले २००७ सम्म पोर्न उद्योगमा काम गरिन् ।

लीह जाए
उनको अर्को नाम लीह जोशी पनि हो । त्यसो त लीहको जन्म बेलायतमा भयो । उनका अभिभावक भने भारतीय मूलका थिए । उनले २१ वर्षको उमेरमा पोर्न उद्योगमा पाइला राखिन् ।

जैयदी ज्वेल
जैयदीको जन्म हैदराबादमा भएको थियो । जब उनी आठ वर्षकी थिइन्, तब बेलायत पुगिन् । उनले २१ वर्षको उमेरदेखि पोर्न उद्योगमा प्रवेश गरिन् । उनलाई पोर्न उद्योगमा हट इन्डियन बेबी नामले चिनिन्छ ।

राखी
२३ वर्षकी राखी अमेरिकामा बस्छिन् । उनले त्यहीँको नागरिकता लिएकी छिन् । उनको काम चाहिँ पोर्न उद्योगमा छ । राखीको आफ्नै पोर्न साइट छ । जसको नाम हो, द वल्र्ड अफ राखी ।

सहारा नाइट
उनको असली नाम साहिदा वोराजी हो । उनको जन्म बेलायतमा भएको थियो । तर, उनका पुर्खा भारत गुजरातका हुन् । उनले चर्चित टेलिभिजन शो ‘गेम्स अफ थ्रोन्स’ मा भूमिका निर्वाह गरेकी छिन् ।

गाया पटेल
उनको जन्म भारतमा भएको थियो । तर, उनी अहिले क्यानडामा बस्छिन् । उनको असली नाम शेरम गायत्री पन्चम हो । उनले २००७ मा पोर्न उद्योगमा पाइला राखेकी थिइन् ।

(एजेन्सीको सहयोगमा)

Logo