‘छेक्यो डाँडा कुहिरोले’ गीत भिडियो सार्वजनिक

‘छेक्यो डाँडा कुहिरोले’ गीत भिडियो सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २६ कात्तिक ।

सुरेन गौतमको आधुनिक गीत छेक्यो डाँडा कुहिरोलेको भिडियो सार्वजनिक भएको छ । सुरेनले गाएको यो गीतलाई भरत देउरालीले लेखेका हुन् भने संगीत पनि उनकै रहेको छ ।

अर्जुन र जुनाले अभिनय गरेको म्युजिक भिडियोलाई बुद्ध सायमीले एरेन्ज गरेका हुन् । यो गीतको भिडियो निर्देशन आर्यन कार्की र सञ्जय गौतमको रहेको छ ।

गीतको छायांकन ज्ञानेन्द्र शर्माले गरेका हुन् भने भिडियो सम्पादन दिपक विष्टले गरेका हुन् । यो म्युजिक भिडियो हाइलाट्स नेपाल प्रालिले बजारमा ल्याएको छ ।

 

Logo