रणबीर कपुर: खन्चुवा र जोकर

रणबीर कपुर: खन्चुवा र जोकर

केन्द्रबिन्दु
0
Shares

मुम्बाई, १६ कात्तिक । बरुण धवन र रणबीर कपुर मिल्ने दौतरी हुन् । उनीहरु केवल बलिउडले मात्र जोडिएका होइनन् । बाल्यकालदेखि नै एकअर्काका साथी थिए । रणबीर एकदमै शान्त, लजालु र अन्र्तमुखी देखिन्छन् । तर, बरुणका अनुसार बाल्यकालमा रणबीर ठीक यसको बिपरित थिए । बरुण भन्छन्, ‘ऊ मेरो दाई रोहितसँग मिलेर मलाई एकदमै सताउथे । जब म सुत्थें, मेरो खेल्ने कुरा समेत लुकाइदिन्थे ।’

सलमानले जस्तै रणबीर पनि राम्रो स्केच पेन्टर हुन् । रुमी जाफरीका अनुसार उनले रणबीरको यो खुबी फिल्म ‘आ अब लौट चले’ छायाँकनको बेला थाहा पाएका थिए । त्यसबेला रणबीर सानै थिएँ ।

रुमी भन्छन्, ‘म छायाँकनको क्रममा ऐश्वर्यसँग सोफामा बसिरहेको थिएँ । तब रणबीर आयो र हामीलाई त्यही अवस्थामा बस्न भने । केही समयमै उनले हाम्रो स्केच बनाएर दिए । त्यतीमात्र होइन, स्केचको छेउमा उनले आफ्नो हस्ताक्षर समेत गरे । हालै उनले उक्त स्केच रणबीरलाई देखाए, जुन देखेर रणबीर लजाए । त्यस फिल्ममा ऋषि कपुर निर्देशक थिए ।

रणबीर कपुरको घर नजिकै एक रेष्टुरेन्ट छ, जसको नाम हो रोयल चाइना । रणबीर त्यहाँको ननभेज चाइनिज परिकार खाएर अघाउँदैनन् । रणबीर महिनामा दुई पटक भएपनि त्यहाँ पुग्छन् । उनले त्यहाँ खानपिन क्रिस्पी डकबाट सुरु गर्छन् । उनलाई प्यान फ्राइ चिकन नुडल्स, लबस्टर्स पनि मनपर्छ ।

जूही चावला भन्छिन्, ‘रणबीर वान लाइनर जोक्स भन्नमा माहिर छन् ।’ अर्थात रणबीर साथमा छ भने हाँसेको हाँस्यै हुनुपर्छ । यो कुरा जूहिले त्यसबेला थाहा पाएकी रहिछन्, जब ऋषि कपुरसँग फिल्ममा एकसाथ काम गरिरहेकी थिइन् । त्यसबेला रणबीर भन्थे रे, ‘के तपाई मेरो जोक्स सुन्न चाहनुहुन्छ ?’

Logo