शाहरुख खानको आज ५२औ जन्म दिन

शाहरुख खानको आज ५२औ जन्म दिन

केन्द्रबिन्दु
0
Shares

मुम्बई, १६ कात्तिक ।

बलिउडमा किङ खानका रुपमा परिचित सुपरस्टार शाहरुख खान आज आफ्नो ५२ औं जन्मदिन मनाइरहेका छन् । उनका धेरै फ्यान छन्, तर सबैलाई उनका सबै कुरा थाहा नहुन सक्छ । २ नोभेम्बर १९६५ मा भारतको नयाँ दिल्लीमा जन्मिएका शाहरुख आजबाट ५२ वर्षमा प्रवेश गरेका छन् ।

बच्चादेखि तन्नेरी उमेर समूहका ब्यक्तिहरुले उनलाई उस्तै प्रेम गर्छन् । । शाहरुख भने परिवारसँग जन्मदिन मनाउन प्रायः घर भन्दा बाहिर जाने गर्छन् । बलिउडबाट नै दाम र नाम कमाएका शाहरुख विश्वको दोश्रो धनी कलाकारका रूपमा परिचित छन् । चलचित्र ‘दीवाना’ बाट फिल्मी दुनियामा पाइला राखेका उनी कहिल्यै पनि पछि फर्केनन् ।

हामीले उनका बारेमा यस्तो तथ्य फेला पारेका छौं, जुन २५ तथ्य तपाईंलाई थाहा नहुन सक्छ ।

बलिउडमा उनलाई ‘किङ अफ रोमान्स, वादशाह, किङ खान’ जस्ता नामले बोलाइन्छ । उनै, शाहरुखको जन्मदिनको अवसर पारेर हामीले यहाँ उनका २५ किस्सा प्रस्तुत गरेका छौं :

१. शाहरुख खानको जन्म २ नोभेम्बर १९६५ मा ताज मोहम्मद खान र लतीफ फातिमाको घरमा भएको थियो ।

२. उनकी आमा हैदराबादकी हुन् भने बाबा पेशावरका हुन् । यस्तै, उनकी हजुरआमा काश्मिरी हुन् ।

३. शाहरुख खान अंग्रेजी शासनविरुद्ध भारतीय स्वतन्त्रताका लागि लड्ने ताज मोहम्मद खानका छोरा हुन् ।

४. दिल्लीमा हुर्किएका शाहरुखले सेण्ट कोलम्बस स्कुलमा पढे । स्कुल पढ्दा उनको खेलकुदप्रति निकै रुचि थियो ।

५. अर्थशास्त्रमा स्नातक उत्तीर्ण गरेका शाहरुखले मिलिया इस्लामियामा मास कम्युनिकेसनमा भर्ना भए । तर त्यसलाई पूरा गरेनन् ।

६. शाहरुखको नेसनल स्कुल अफ ड्रामासँग नजिकको सम्बन्ध थियो । उनका बुबाले १९७४ मा एनएसडी मा मेस चलाएका थिए । त्यही बेला शाहरुख आफ्नो बुबासँगै एनएसडी जान्थेँ । त्यही बेला उनले रोहिणी हटंगडी, सुरेखा सिकरी, रघुवीर यादव, राज बब्बर जस्ता कलाकारले अभिनय गरेको हेरे । त्यही बेलादेखि उनको अभिनयप्रतिको झुकाव बढेको थियो ।

७. शाहरुखलाई अहिले पनि चुम्बन र घोडचढीको दृश्य गर्दा डर लाग्छ ।

८. एक सैनिककी छोरी गौरी छिब्बासँग स्कुलमै शाहरुखको चिनाजानी भएको थियो । एक डान्स पार्टीमा उनीहरुले कुराकानी गरेका थिए । उनीहरुको विवाह २५ अक्टुवर १९९१ मा भएको थियो ।

९. शाहरुख २ छोरा र १ छोरीका पिता हुन् ।

१०. शाहरुख १५ वर्षको हुँदा उनको बुबाको क्यान्सरवाट मृत्यु भएको थियो । उनको बुबा वकिल एवं स्वतन्त्रता सेनानी थिए । उनका बुबा १४ र १५ वर्षको उमेरमा स्वतन्त्रता आन्दोलनको क्रममा जेल गएका थिए ।

११. शाहरुख खानले आफ्नो पहिलो तलबस्वरुप ५० रुपैयाँ कमाएका थिए । पंकज उदासको कन्सर्टमा कमाएको सो रकम उनले आगरामा ताजमहल घुम्नमा खर्च गरे ।

१२. ५० रुपैयाँका लागि काम गरेका उनै किङ खान अहिले विश्वको तेस्रो धनी अभिनेता हुन् । मर्भ ग्रिफिन र जेरी सेनफिल्डपछि शाहरुख धनी अभिनेता रहेको नर्थ फिल्ड टाइम्समा जनाइएको छ ।

१३. शाहरुख आफैंले दिएको जानकारी अनुसार उनको पारिवारिक वातावरण अफगानी हो । उनको पुरानो पुस्ता अफगानिस्तानबाट बाहिरिएका हुन् ।

१४. ठूलो पर्दाका किङ खानले आफ्नो अभिनयको यात्रा सानो पर्दाबाट सुरु गरेका हुन ्। उनले ’दिल दरिया’ नामक टेलिसिरियलमा पहिलो पटक अभिनय गरेका थिए ।

१५. सुरुवाती दिनमा शाहरुखलाई ठूलो पर्दाका फिल्ममा खेल्न मन लागेन । नर्थ्फिल्ड टाइम्समा जनाइएअनुसार, उनले ह्यारी बाजेवा र हेमा मालिनीले दिएको अवसरलाई पनि अस्वीकार गरेका थिए ।

१६. ठूलो पर्दामा देखिएको पहिलो पटक नै शाहरुखका लागि फिल्मका अवसरको ओइरो लाग्यो । उनले त्यस समय बलिउडमा ब्याक टु ब्याक पाँच फिल्म गरेका थिए ।

१७. लाखौं फ्यान बटुलेका स्टार खान पनि सिनियर कलाकारका फ्यान हुन् । उनलाई बलिउडमा अमिताभ बच्चन, मुमताज र दिलीप कुमार मन पर्ने कलाकार हुन् ।

१८. लेख टण्डनले कपाल काट्ने सर्तमा सन् १९८८ मा उनलाई हिन्दी सिरियल ‘दिल दरिया’मा काम दिएका थिए ।

१९. आमाबुबाको मृत्युपछि आफूलाई निकै गाह्रो भएको उनले बताएका छन् । जसका कारण उनले आफ्नो काममा धेरै ध्यान दिन थाले ।

२०. शाहरुखको पहिलो कमाइ ५० रुपैयाँ थियो । उनले पंकज उदासको कन्सर्टमा काम गरेर ५० रुपैयाँ कमाइ गरेका थिए ।

२१. उनको पहिलो टिभी सिरियल ‘फौजी’ थियो । निर्देशक कर्नल कपुरले केही युवाहरुलाई दौडाएर अडिसन लिएका थिए ।

२२. सानोमा शाहरुख सेनामा जान चाहन्थेँ । उनले आर्मी स्कुल कलकत्तामा भर्ना पनि गरेका थिए । तर, उनकी आमा यसका लागि राजी थिइनन् ।

२३. शाहरुखले टिभी सिरियल ‘सर्कस’मा काम गरेको बेला उनकी आमा गम्भीर बिरामी भइन् । उनले ‘सर्कस’को एक भाग आमालाई देखाउने अनुमति लिए । उनकी आमा रोगले ग्रस्त थिइन् । अन्तिममा शाहरुखलाई पनि चिन्न नसक्ने अवस्थामा पुगिन् ।

२४. शाहरुखको पहिलो चलचित्र हेमा मालिनीको ‘दिल आसना हे’ थियो । तर, एकसाथ ५ चलचित्र साइन गरेका शाहरुखको पहिलो रिलिज भने ‘दीवाना’ भयो । यसपछि, उनी यही चलचित्रबाट स्टार बने ।

२५. शाहरुख एक दशकदेखि आफ्नो जीवनीसँग सम्बन्धित किताब लेख्दैछन् । निर्माता र निर्देशक महेश भट्टको आग्रहमा उनले पुस्तक लेख्न सुरु गरेका हुन् ।

 (एजेन्सी)

Logo