काठमाडौं,१६, कात्तिक
परदेशीको पिडा बोकेको गीत ‘परदेशी आमा’ सार्वजनिक भएको छ । रंगकर्मी तथा संचारकर्मी भोला अधिकारीको निर्देशनमा रहेको सो गीतमा बाल कलाकार सन्जीव खत्री र गायिका रोशनी राना मगरको स्वर रहेको छ । "/>

संचारकर्मी भोला अधिकारीको ‘परदेशी आमा’ सार्वजनिक

संचारकर्मी भोला अधिकारीको ‘परदेशी आमा’ सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,१६, कात्तिक
परदेशीको पिडा बोकेको गीत ‘परदेशी आमा’ सार्वजनिक भएको छ । रंगकर्मी तथा संचारकर्मी भोला अधिकारीको निर्देशनमा रहेको सो गीतमा बाल कलाकार सन्जीव खत्री र गायिका रोशनी राना मगरको स्वर रहेको छ । त्यसैगरी गीतमा शब्द रचना प्रियजन राईको रहेको छ भने गीतमा बुद्ध बहादुर खत्रीले लय भरेका छन् । परदेश गएकी आमालाई गाउँबाट छोराले घरमा आउनु आमा, यतै केही गरौंला, परदेशमा नबस्नु जस्ता भाव गीतले बोकेको छ । गितमा परदेश आएर धेरै दुःख पाएको कुरा आमाले छोरालाई बताएकी छन् । नेपाली महिलाले विदेशमा पाएको यथार्थ कुरालाई गीत मार्फत बताइएको छ । यसमा मनोज लामा, बर्षा कार्की, सन्देश दाहाल लगायतले अभिनय गरेका छन् । गीतलाई पुर्वेली जुनतारा म्युजिक प्रा.ली. ले बजार व्यवस्थापन गरेको छ ।

Logo