अन्नपूर्ण बेसक्याम्पमा कोसँग साम्राज्ञी ?

अन्नपूर्ण बेसक्याम्पमा कोसँग साम्राज्ञी ?

केन्द्रबिन्दु
0
Shares

नेपाली फिल्मबृत्तमा साम्राज्ञी राज्यलक्ष्मी शाह आफैंमा धेरैको चासोकी पात्र हुन् । उनी कुन फिल्मको सुटिङमा छिन् ? उनका कुन–कुन फिल्म रिलिज हुँदैछन् ? उनी कहाँ जान्छिन् ? कसलाई भेट्छिन् ? लगायतका विषयमा फिल्मी दर्शक माझ कानेखुसी हुने गर्छ । तिनै साम्राज्ञी केही समय अघि अन्नपूर्ण बेसक्याम्प पुगिन् । अन्नपूर्ण बेसक्याम्प पुगिन् मात्र होइन, एउटा फिल्मको सुटिङ सकेर पनि फर्किइन् ।

साम्राज्ञीले अन्नपूर्ण बेसक्याम्पमा सुटिङ सकेको फिल्मको नाम हो, ‘तिमीसँग’ । यस फिल्ममा उनीसँगै आकाश श्रेष्ठ र नजिर हुसेन समेतको मूख्य भूमिका रहेको छ । यस फिल्मलाई शिशिर जबराले निर्देशन गरेका हुन ।

फिल्म ‘तिमीसँग’को दावी छ, नेपाली चलचित्रको सुटिङ पहिलो पटक गरिएको हो, अन्नपूर्ण बेस कयाम्पमा । अन्नपूर्ण हिमालका मनोरम दृश्यलाई क्यामेरामा यसरी कैद गरिएको छ कि दर्शकले मन पराउने पक्का छ, निर्देशक शिशिर जबरा भन्छन् । यस स्थलमा फिल्मको गीत छायांकन गरिएको हो । गीतको कोरियोग्राफी शिशिर खातीले गरेका हुन । शिशिर यसअघि चर्चित कोरियोग्राफर कविराज गहतराजका सहायक थिए ।

निर्देशक शिशिर जबराकै कथा रहेको यस फिल्मको अन्य छायांकन पुनहिल, घोरेपानी, देउराली, घान्दु्रक लगायतका क्षेत्रमा गरिएको छ । निर्देशकको दावी छ, यो फिल्म हेरेपछि नेपाल कति सुन्दर र मनमोहक छ भन्ने कुरा चिहाउन सकिने छ ।’ देशी तथा विदेशीहरुकामाझ नेपाली सुन्दरता बाड्न समेत यो फिल्म साहायक सिद्ध हुने फिल्म युनिटको दावी रहेको छ ।

साम्राज्ञीको तिमीसँग नामक यस फिल्ममा ‘टुरिष्ट गाईड’ को प्रेम कथा रहेको छ । यस फिल्मको कथा, गीत–संगीत र सुटिङसम्मको अवस्था हेरिसकेपछि साम्राज्ञी भन्छिन् –‘म यस फिल्मवाट सुरु देखिनै ढुक्क छु ।’

Logo