धुर्मुस सुन्तली फाउण्डेशनलाई ‘जयन्ते’ को सहयोग

धुर्मुस सुन्तली फाउण्डेशनलाई ‘जयन्ते’ को सहयोग

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । धादिङ, ११, कात्तिक । 

हाँस्य कलाकार गोविन्द कोईराला ‘जयन्ते’ ले छोरा धुर्मुस सुन्तली फाउण्डेशनलाई नगद बिस हजार रुपैया सहयोग गरेका छन् ।

आफ्नो छोरी समियोग कोइरालाको पहिलो जन्मदिनको अवसर पारेर श्रीमती मनिता घिमिरे र ‘जयन्ते’ ले उक्त रकम फाउन्डेसनका कुन्जना घिमिरे ‘सुन्तली’लाई हस्तान्तरण गरेका हुन् । चन्द्रनिगाहपुर-८ मा निर्माणाधीन चौथो “एकीकृत नमुना सन्तपुर बस्ती” निर्माणको लागि सहयोग गरेको कोइरालाले जानकारी दिए ।

 

“पुननिर्माणमा थोरै भएपनि राहात होस् भनेर हामीले छोरोको जन्मदिन मनाउने रकम सदुपयोग गरेर सहयोग गरेका हौ ।नयाँ नेपाल बनाउन तपाईं हामी सबैको साथ र सहयोग आवश्यक छ ।” उनले भने ।

 

 

Logo