आमीर खान कसरी बने मिस्टर पर्फेक्निस्ट ? यस्तो छ रोचक कथा

आमीर खान कसरी बने मिस्टर पर्फेक्निस्ट ? यस्तो छ रोचक कथा

केन्द्रबिन्दु
0
Shares

मुम्बई, ९ कात्तिक ।

यसै दीपावलीको अवसर छोप्दै आमीर खानको प्रोडक्सनमा बनेको चलचित्र ‘सिक्रेट सुपरस्टार’ हलमा चलिरहेको छ । फिल्म समीक्षकहरूले यो फिल्ममाथि सकारात्मक प्रतिक्रिया जनाएका छन् ।

फिल्म एउटी किशोरीको कथामा घुमेको छ । गायक बन्न चाहने तर कठोर पिताको कारण खुलस्त त्यसमा लाग्न नसक्ने युवतीको संघर्ष नै फिल्मको मियो हो । यो फिल्ममा आमीर खानलाई पनि देख्न सकिन्छ ।

सुरुको दिन खासै उत्साहजनक कारोबार नगरेको यो फिल्मले अहिले पनि निकै चर्चा पाएको छ । त्यसो त आमीर खान, जसको नाम नै काफी छ, उनको स्टारडमले नै दर्शकलाई हलसम्म पुग्न बाध्य बनाउँछ ।

बलिउडको सबैभन्दा बिकाउ र टिकाउ नाम हो, आमीर खान ।

बलिउडको सबैभन्दा बिकाउ र टिकाउ नाम कुन हो ? जबाफ तात्तातो आउँछ– आमिर खान । ‘कयामत से कयामत तक’ का दर्शक ‘दंगल’सम्म आइपुग्दा पनि अघाएका छैनन्, आमीरको उपस्थितिबाट । त्यसो त मिस्टर पर्फेक्निस्ट उमेरले ५ दशक नाघिसके ।

जस्तोसुकै भूमिकामा पनि आफूलाई जीवन्त रूपमा उतार्न सक्ने आमीरका फिल्मले हो, नयाँ–नयाँ कीर्तिमान बनाउने । जब उनी किशोरवयका थिए, तब फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया (एफटिआइआई) मा भर्ना हुने इच्छा देखाएका थिए ।

– यद्यपि उनका पिताले त्यसका लागि इजाजत दिएनन् । किनभने उनी चाहन्थे, आमीरले पढाइमा ध्यान केन्द्रित गर्न सकोस् ।

– काका ताहिर हुसेनका अनुसार बाबु–छोराको त्यसबेला तर्क–वितर्क चलेको थियो । त्यस क्रममा आमीरले भनेका थिए, ‘जो डाक्टर बन्न चाहन्छ, ऊ मेडिकल कलेज जान्छ । म डाइरेक्टर बन्न चाहन्छु, त्यसैले मलाई एफटिआइआईमा भर्ना हुन दिनुहोस् ।’

– आमीरले त्यस क्रममा पितालाई कन्भिन्स गर्दै भनेका थिए, ‘यो धेरै राम्रो इन्स्टिच्युट हो, जसलाई सरकारले पनि इजाजत दिएको छ ।’ ्

– आखिरमा ताहिरले आमीरलाई त्यस इन्स्टिच्युटमा भर्ना हुन दिए, तर एउटा सर्तमा । सर्त चाहिँ, आफ्नो काका नासिर हुसेनको सहायक भएर काम गर्नुपर्ने ।

– पिताको सल्लाहअनुसार आमीरले काका नासिरसँग ‘मंजिल–मंजिल’ र ‘जबरजस्त’मा सहायक निर्देशकको रूपमा काम गरे ।

– आमीरले आदित्य भट्टाचार्यको सर्ट मुभीमा पनि सहायक निर्देशक भएर काम गरे ।

– आमीरको अभिनय यात्रा ८ वर्षको उमेरबाट भएको हो, जब उनी काका नासिर हुसेनको फिल्म ‘यादों की बारात’मा बाल कलाकारका रूपमा भर्ना भए ।

– १८ वर्षको उमेरमा उनले ‘सुबह–सुबह’ फिल्ममा वयस्कको भूमिका निर्वाह गरे । एफटिआइआईको यो डिप्लोमा फिल्म रिलिज भने भएन । यसै क्रममा आमीरले केतन मेहताको फिल्म ‘होली’का लागि साइन गरे ।

– होली सन् १९८४ मा रिलिज भयो ।

– १९९८ मा आमीरले मंसुर खानले निर्देशन गरेको फिल्म ‘कयामत से कयामत तक’मा मुख्य भूमिका निर्वाह गरे । यही फिल्मबाट उनको करियर उकालो ग्राफमा चढेको हो ।

– कयामत से कयामत तकबाट आमीर एकाएक सुपरस्टार भए । यस फिल्मको बजेट एकदमै कम थियो । त्यसैले आमीरले एक्टर भएर पनि उक्त फिल्म प्रचारका लागि पोस्टर टाँस्दै हिँडेका थिए ।

– त्यति मात्र होइन, आमीरले मानिसहरूलाई भन्थे, ‘यो फिल्मको हिरो मै हुँ ।’

– क्यामत से कयामत तकका लागि आमिरले फिल्म फेयरको बेस्ट डेब्यु एक्टर अवार्ड पाए ।

अहिले आमीर दुई वर्षको अन्तरमा एउटा फिल्म ल्याउँछन् । तर, कुनै बेला यस्तो थियो, जतिबेला उनी एकै वर्षमा पाँचवटासम्म फिल्म खेल्थे । १९९० मा उनका पाँचवटा फिल्म सार्वजनिक भएका थिए । तर ‘दिल’ बाहेक उनका सबै फिल्म फ्लप भए ।

आमीरले सन् २००१ म आशुतोष गोवारिकरको फिल्म ‘लगान’मा मुख्य भूमिका निर्वाह गरे । ‘मदर इन्डिया’, ‘सलाम बम्बे’ पछि यो फिल्म ओस्कार अवार्डमा (बेस्ट फरेन ल्याङ्वेज क्याटगोरी)मा नोमिनेट भएको थियो । अहिलेसम्म यस फिल्मबाहेक अरूलाई यस्तो अवार्ड मिलेको छैन ।

बक्स अफिसमा एक सय करोडको क्लब आमीरको फिल्म ‘गजनी’बाट सुरु भएको हो । विश्वव्यापी रूपमा सबैभन्दा धेरै कमाउने फिल्म पनि उनकै नाममा छ, पिके । यस फिल्मले ग्लोबली ७ सय ९२ करोड रुपैयाँ कमाएको थियो । त्यसपछि उनको ‘दंगल’ सबैभन्दा बढी कमाइ गर्ने फिल्ममा दरिएको छ ।

(एजेन्सी)

Logo