बलिउड मेकअप आर्टिस्टको यस्तो सुझाव, मेकअपअघि पढ्नैपर्छ

बलिउड मेकअप आर्टिस्टको यस्तो सुझाव, मेकअपअघि पढ्नैपर्छ

केन्द्रबिन्दु
0
Shares

बलिउड मेकअप आर्टिष्ट ओजस रजानीले बलिउड अभिनेत्री ऐश्वर्य रायदेखि प्रियंका चोपडासम्मको मेकअप गरिसकेकी छिन् । उनै मेकअप अर्टिष्ट ओजस रजानीले मेकअप सम्बन्धमा दिएका केही टिप्स–

– मेकअप गर्नुअघि आफैँलाई प्रश्न गरौ, ‘म के चाहन्छु ? कस्तो देखिन चाहन्छु ? मेरो छालाको आवश्यकता के हो ?’ त्यसपछि आवश्यकता अनुरुपको सौन्दर्य प्रसाधन खरिद गरौं ।

– सकेसम्म हानिकारक रसायनयुक्त सौन्दर्य प्रसाधनको प्रयोग नगरौं, त्यसले तपाईंको छालाको सौन्दर्य नष्ट गर्छ ।

– तपाईंलाई जानकारी हुनुपर्छ, तपाईं आफ्नो छालामा के अप्लाई गर्न चाहनुहुन्छ ?

दिनको समयमा

– दिनको समयमा मेकअप गर्दा सफ्ट शेड्सको प्रयोग गर्नुहोस् ।

– फाउन्डेसन आफ्नो स्किन टोनसँग मिल्दो अप्लाई गरांै ।

– डे मेकअपका लागि आइस्याडो, मस्कारा, ब्लशर र लिप बाम नै काफी छ ।

– न्यू लुकका लागि केसलाई आउट कर्ल गर्नुहोस् ।

साँझको समयमा

– साँझको समय मेकअप गर्दा तपाई ब्राइट शेड्स ट्राइ गर्न सक्नुहुन्छ ।

– यसका लागि स्किन टोनसँग मिल्दो फाउन्डेसन लगाउनु पर्छ ।

– कन्सिलरले बेस मेकअप सेट गर्नुहोस् ।

– त्यसपछि आइस्याडो, मस्कारा, ब्लशर र लिप बाम लगाएर मेकअप पूरा गरौं ।

– यदि तपाईं चाहनुहुन्छ भने मेकअपका लागि केवल आइस्याडो ट्राइ गर्न सक्नुहुनेछ । त्यसपछि गाजलको माथि त्यही कलरको आइस्याडो लगाउन सक्नुहुनेछ ।

– लिप मेकअपका लागि न्यूड शाइनी ग्लास ट्राइ गर्न सक्नुहुनेछ ।

 (एजेन्सीको सहयोगमा)

Logo