यसरी बलिउडमा चम्किएका थिए नवाजुद्दीन सिद्दीकी

यसरी बलिउडमा चम्किएका थिए नवाजुद्दीन सिद्दीकी

केन्द्रबिन्दु
0
Shares

भारतको उत्तर प्रदेशस्थित एक सानो गाउँ, भुवाना । त्यही गाउँको किसान परिवारमा जन्मिए, नवाजुद्दीन सिद्दीकी । सन् १९७४ मे महिनाको १९ तारिखमा उनी जन्मिएका हुन् । उनका पिता किसान थिए ।

मुजफ्फरनगर जिल्लाबाट ४० किलोमिटर टाढाको दूरदराज इलाकामा बस्ने उनी, शहरी जीवनबाट कोसौं टाढा थिए । फिल्म हेर्नका लागि ईद र दीपावली पखर्नुपर्ने बाध्यता थियो । पैसा जम्मा गरेर त्यही मौकामा फिल्म हेर्न सहर पुग्थे ।

मुम्बईमा जतिबेला उनी संर्घषरत थिए, त्यसबेला उनीसँग खाना खाने पैसा समेत हुँदैनथ्यो । उनी एक छाक खाना खाएरै दिन कटाउँथे । कहिलेकाहीं त उनलाई लाग्थ्यो, ‘सबै रहर त्यागेर गाउँ पो फर्कने हो कि ?’

तर ‘फिल्म खेल्न’ शहर पसेको मान्छे कुन मुख लिएर गाउँ फर्कने ? सोच्थे ।

‘यदि म गाउँ फर्कने हो भने, सबैले मलाई उडाउनेछन् । ठालु पल्टिन्थ्यो, हिरो बन्न गएको थियो । आखिर फर्केर आयो’ नवाज सम्झिन्छन्, ‘यस्तै सम्झेर गाउँ फर्कने विचार त्यागी दिएँ ।’

उनलाई अरु काम गर्नै आउँदैनथ्यो । त्यसैले कुनै पनि काम गरेर जीवन गुजारा गर्न सक्छु भन्ने आशा उनलाई थिएन । त्यही भएर मुम्बईमै आफूलाई घोटिरहे ।

आखिरमा उनले आमिर खान स्टारर फिल्म ‘सरफरोश’मा सानो रोल पाए, १९९९ मा । यही बिन्दुबाट उनको फिल्मी करियर सुरु भयो । त्यसपछि मनोज बाजपेयीको ‘शूल’ र रामगोपाल वर्माको ‘जंगल’मा पनि सानो भूमिका पाए ।

अनुराग कश्यप निर्देशित फिल्म ‘ब्ल्याक फ्राइडे’सम्म आउँदा नवाजले दर्शकको मन जित्न सकेनन् । तर, आमिर खानको ‘तलास’ र तिग्मांशु धूलियाको ‘ग्याङ्स अफ वासेपुर’बाट भने उनको भाग्यको ढोका उघ्रियो । यिनै फिल्मबाट नवाजले दर्शकमाथि आफ्नो अभिनय क्षमता पस्कन पाए ।

त्यसपछि उनले ‘कहानी’ जस्तो फिल्ममा शानदार रोल गरे ।

द लन्च बक्स, माझी द माउन्टेन मेनदेखि किक, बजरंगी भाइजन, रईससम्म आइपुग्दा नवाजुद्दीन बलिउडमा बिर्सनै नसकिने नामको रुपमा स्थापित भइसकेका छन् । (एजेन्सी)

Logo