‘बाहुबली’को भव्य सेट घुम्ने हो ?

‘बाहुबली’को भव्य सेट घुम्ने हो ?

केन्द्रबिन्दु
0
Shares

दक्षिण भारतीय फिल्म बाहुबलीले फिल्म उद्योगमै केही यस्ता नयाँ कीर्तिमान बनायो, जो अन्य फिल्मले सोचेका पनि थिएनन् ।

बाहुबली छायांकनका लागि भव्य सेट तयार गरिएको थियो । उक्त सेट बनाउन पैसा र श्रम उत्तिकै खर्चिएको थियो । तर, फिल्म छायांकन सकिएसँगै उक्त सेट पनि भत्काउने वा त्यतिकै छाडिने काम गरिएन । बरु, त्यसलाई संग्रहायलयका रुपमा विकास गरियो ।

उक्त सेट अहिले सर्वसाधरणका लागि खुला गरिएको छ ।

बाहुबलीका यी कुरा जो तपाईलाई थाहा नहुन सक्छ

– भारु तीस करोड ? अनौठो मान्नु पर्दैन, यत्तिका पैसा बाहुबली–२ ले यत्तिका पैसा आफ्नो क्लाइमेक्स सीन सुट गर्नका लागि मात्र खर्चिएको थियो । जबकि यो दृश्य २० मिनेटको थियो । अघिल्लो फिल्ममा क्लाइमेक्स सुट गर्नका लागि यसभन्दा आधा अर्थात् १५ करोड रुपैयाँ लगाइएको थियो ।

– बाहुबलीका निर्देशक एसएस राजमौलीले संकेत गरेका छन्, ‘बाहुबलीको तेस्रो भाग समेत आउनेछ ।’ यद्यपि यसको विस्तृत जानकारी भने बाहिर आएको छैन । राजमौलीले भनेका छन्, ‘किनभने फिल्ममा वास्तविकता देखाउनका साटो द्विविधा बढी भएको छ । यसका लागि म माफी चाहन्छु । यसमा दुई भागको जुन कहानी छ, त्यो अब खिचिने छैन । बाहुबली–३ को नयाँ शृंंखला बन्नेछ ।’

– फिल्मको सबै स्याटलाइट राइट्स ७८ करोड भारुमा बिकेको थियो । यसको हिन्दी राइट्स एक सय २० करोड र विदेशी राइट्स ५२ करोड रुपैयाँमा बिकेको थियो । सेटेलाइट र थिएट्रिकली राइटका कारण यो फिल्मले रिलिजअघि ५ सय करोड भारु कमाइसकेको थियो

– फिल्ममा चार क्लाइमेक्स बनाइएको छ । त्यसमध्ये एक क्लामेक्सलाई फिल्ममा राखिनेछ । अहिलेसम्म यस विषयमा निर्देशकले सबै कुरा गोप्य राखेका छन् ।

एजेन्सी

 

Logo