दमन र सरिता सम्मानित

दमन र सरिता सम्मानित

केन्द्रबिन्दु
0
Shares

केन्द्रविन्दु सम्बाददाता । काठमाडौं, २ कार्तिक ।

व्रम्हकुमारी राजयोग सेवा केन्द्र तिनकुनेले हास्य कलाकार दमन रुपाखेती र गायिका सरिता शाहिलाई विशेष सम्मान गरेको छ । महान चाड तिहार तथा छठपर्वको अवसरमा कलाकार एवं सांगितिक स्रस्टा कार्यक्रम मार्फत समाजमा कलाकारिताको माध्यमवाट समाजमा गरेको योगदानको कदर गर्दै केन्द्रले सम्मान गरेको हो ।

आफुहरु सम्मानित हुन पाउदा गर्ववान्वित महशुस गरेको सम्मानित व्यक्तित्वहरुले बताएका छन् । कार्यक्रममा देउसी नाच र गायिका शाहीले सांगेतिक प्रस्तुति गरेकी थिईन । केन्द्रले विगत देखि नै कलाकारिताको क्षेत्रवाट योगदान गर्ने कलाकारलाई सम्मान गर्दै आएको राज योग प्रशिक्षक सुदिप भट्टराईले बताए ।

Logo