चर्चित बलिउडकर्मीका कस्ता कस्ता हर्कत !

चर्चित बलिउडकर्मीका कस्ता कस्ता हर्कत !

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, २ कात्तिक ।

कुरा आमिर खानबाट सुरु गरौं । आमिर जेसिका हाइन्स नामकी विदेशी पत्रकारसँग अफेयरमा थिए । एक म्यागजिनमा प्रकाशित लेखअनुसार, उनीहरूको भेट फिल्म ‘गुलाम’ (१९९८) को सेटमा भएको थियो । दुवैको अफेयर सुरु भयो र उनीहरु लिभ इन रिलेसनशिपमा बसे ।

अन्ततः जेसिका गर्भवती भइन् । आमिरले जेसिकालाई गर्भपतनका लागि दबाब दिन थाले । उनले प्रस्टैसँग भनिदिए, ‘कि गर्भपतन गर्नु, नभए सधैँको लागि हाम्रो सम्बन्ध टुट्नेछ ।’

जेसिकाले गर्भपतन गर्न अस्वीकार गरिन् । उनी आमिरलाई छाडेर लन्डन गइन् । त्यही सिंगल मदर बनेर बच्चा जन्माइन् । त्यसको नाम जन राखियो । आमिरले उक्त बच्चाका बारेमा खुलेर केही टिप्पणी गरेका छैनन् ।

१.

बलिउडमा जुन समय रीना रोयको करियर उत्कर्षमा थियो, त्यही समय उनको अफेयर शत्रुघन सिन्हासँग भइरहेको थियो । केही कामको सिलसिलामा जब रीना लन्डन गइन्, त्यहीबेला शत्रुघनले पूर्व मिस योङ इन्डिया पूनम चन्डीरामणिसँग बिवाह गरेर सबैलाई छक्क पारिदिए । यसको सुइँको पाउनासाथ रीना लन्डनबाट फर्किइन् र शत्रुघनसँग यसको कारण सोधिन् । बिवाहपछि शत्रुघन र रीनाबीच सम्बन्ध कायम रह्यो । तर, उनीहरुको सम्बन्धको दुःखद अन्त्य किन भयो, त्यसको जबाफ कसैसँग छैन । एक अन्र्तवार्तामा शत्रुघनले आफूहरूको सम्बन्ध सात वर्षसम्म चलेको बताएका थिए । रोचक त के भने, उनीहरूको यो रिलेसनका बारेमा शत्रुघनकी पत्नी पूनमलाई समेत सबैकुरा थाहा भएको बताइन्छ ।

२.

ऋतिक रोशनले ‘कहो ना प्यार है’बाट बलिउड डेब्यु गरेका हुन् । यस फिल्ममा अमिषा पटेलभन्दा अघि करिना कपुरको नाम सिफारिस गरिएको थियो । यद्यपि फिल्मको सेटमा ऋतिक र करिना नजिकिए । त्यही कारण आमा बबिताले करिनालाई यो फिल्मबाट छुटाइन् ।

३.

डिस्को डान्सर किंग मिथुन र श्रीदेवीबीच पनि अफेयर थियो । यद्यपि त्यसबेला मिथुनले विवाह गरिसकेका थिए । उनकी पत्नी योगिता बाली थिइन् । के पनि भनिन्छ भने, श्रीदेवीसँग मिथुनले गुपचुप विवाह पनि गरेका थिए । तर, यो खबर थाहा पाएर योगिताले आत्माहत्याको प्रयास गरिन् । त्यसपछि मिथुन श्रीदेवीलाई छाडेर पत्नी योगितासँगै बस्न थाले । त्यसको केही समयपछि श्रीदेवीलाई बोनी कपुरले विवाह गरेर सबैलाई अचम्मित तुल्याइदिए ।

४.

सन् ९० को दशकमा रवीना टण्डन बलिउडकी टप एक्ट्रेस थिइन् । त्यही समय उनी र अक्षयबीच अफेयर चल्यो । फिल्म ‘मोहरा’ पछि उनीहरु खुलेरै नजिकिए । रवीनाले त अक्षयलाई हृदयबाटै चाहेकी थिइन् । तर, अक्षयको मनोदशा भने बुझिनसक्नु थियो । किनभने उनी त्यसबेला रेखासँग पनि अफेयरमा थिए । रवीनाले उक्त सम्वन्धलाई अघि बढाउन चाहिनन् । उनीहरुको ब्रेकअप भयो । तर, त्यसपछि पुन अक्षय शिल्पा सेट्टीसँग सम्वन्ध जोड्न पुगे । शिल्पासँग अफेयर रहेकै बखत अक्षय ट्वींकल खन्नासँग पनि नजिकिएका थिए । पछि ट्वींकलसितै उनले विवाह गरे ।

५.

फिल्म ‘मुगल–ए–आजम’को सेटमा सलीम बनेका दिलीप कुमार र अनारकली बनेकी मधुबालाबीच अफेयर सुरु भएको थियो । यसको प्रमाण त्यसबेला मिल्यो, जतिबेला फिल्म इन्सानियतको प्रीमियरमा दिलीप र मधुबाला हातमा हात समातेर उपस्थित भए । तर, मधुबालाका पिताले यो सम्बन्धलाई रुचाएनन् ।

६.

सुनील दत्तसँग जोडिनुअघि नरगिस राज कपुरको प्रेममा थिइन् । दुबैको लभ स्टोरी बलिउड उद्योगमा चर्चाको बिषय थियो । यद्यपि यो सम्बन्धको दुःखद अन्त्य भयो । नरगिससँग प्रेम हुनुअघि राज कपुर विवाहित थिए । उनी न नरगिसलाई छाड्न चाहन्थे, न आफ्नो परिवारलाई तोड्न नै । यद्यपि जब यो कुरा नरगिसले महसुस गरिन्, उनी आत्माहत्या गर्ने अवस्थामा समेत पुगिन् । तर, पछि उनको जिन्दगीमा सुनील दत्तको इन्ट्री भयो ।

७.

रेखा र अमिताभको जोडीलाई अनस्क्रिन मात्र होइन, बाहिर पनि एकसाथ देख्न चाहन्थे, प्रशंसकहरु । दुबैले एकसाथ केही फिल्ममा अभिनय गरे । यद्यपि अमिताभले उनीहरुबीचको सम्बन्धलाई कहिल्यै स्वीकार गरेनन् । केही समयपछि उनले जया भादुडीसँग विवाह गरे । त्यसपछि अमिताभ र रेखाको जोडी न रिल लाइफमा देखियो, न रियल लाइफमा । (एजेन्सीको सहयोगमा)

 

Logo