बनेपा, २ ,कात्तिक

शुभ दीपावली, नेपाल सम्बत र छठ पर्वको अवसरमा कलाकर्मीहरुको हकहितको लागि गठित नाट्यकर्मी महासंघ नेपाल काभ्रे र नृत्य निर्देशकहरुको संगठन काभ्रेको संयुक्त आयोजनामा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भयो । "/>

कलाकारलाई राष्ट्रले पाँचौं अंगको रुपमा मान्यता दिनुपर्ने

कलाकारलाई राष्ट्रले पाँचौं अंगको रुपमा मान्यता दिनुपर्ने

केन्द्रबिन्दु
0
Shares

बनेपा, २ ,कात्तिक

शुभ दीपावली, नेपाल सम्बत र छठ पर्वको अवसरमा कलाकर्मीहरुको हकहितको लागि गठित नाट्यकर्मी महासंघ नेपाल काभ्रे र नृत्य निर्देशकहरुको संगठन काभ्रेको संयुक्त आयोजनामा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भयो । सो कार्यक्रममा कलाकारलाई राष्ट्रको पाँचौ अंगको मान्यता दिनुपर्ने कलाकारहरुले आवाज उठाएका थिए ।
कार्यक्रममा नाट्यकर्मी महासंघ नेपालका केन्द्रिय अध्यक्ष विजय विष्फोटले कलाकारहरुका हकहितका लागि राजनितिक दलहरुले ठूला कुरा मात्रै गर्दै आएको बताए । सरकार तथा दलहरुले कलाकारहरुका लागि कुनै कुरा नसोच्ने गरेको तर सार्वजनिक कार्यक्रमहरुमा भने कलाकार राष्ट्रको गहना भनेर फलाक्ने गरेको बताए । यस्तै नृत्य निर्देशक संघ नेपालका केन्द्रिय उपाध्यक्ष संजय शर्मा राजोपाध्यायले कलाकारहरुलाई राष्ट्रको पाँचौ अंगको रुपमा सरकारले मान्यता दिनुपर्ने आवाज उठाए । त्यस्तै राप्रपा प्रजातान्त्रिकका जिल्ला सचिव तथा नाट्यकर्मी महासंघ नेपालका आजिवन सदस्य राजेन्द्र के.सी.ले सबै राजनितिक दलहरुले योजना तथा निती निर्माण गर्दा कलाकार तथा कलाकर्मीहरुको लागि पनि योजना तथा निती अनि बजेट छुट्याएको खण्डमा नेपाली कलाकार तथा कलाक्षेत्रको राम्ररी विकास हुन सक्ने बताए ।

जिल्लाका कलाकारहरुको बाक्लै उपस्थिति रहेको नाट्यकर्मी महासंघका केन्द्रिय सचिव टिकाभक्त जिरेल, नाट्यकर्मी महासंघ नेपालका केन्द्रिय सदस्य कमल दाहाल, नृत्य निर्देशक संघ काभ्रेका संयोजक मोहन तौजले, प्रेस चौतारी काभ्रेका अध्यक्ष भुवन रायमाझी लगायतले नेपाली कलाक्षेत्रका समसामयिक विषयमा धारणा राखेका थिए । नाट्यकर्मी महासंघ नेपाल काभ्रेका अध्यक्ष अमरकृष्ण चन्दको सभापतित्वमा सम्पन्न कार्यक्रममा उद्योग राज्यमन्त्री रेशम लामा, पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना, नाट्यकर्मी महासंघका आजिवन सदस्य राजेन्द्र के.सी.लाई सम्मान गरिएको थियो । महासंघ जिल्लामा विविध कार्यक्रम मार्फत कलाकारितामा सक्रिय रुपमा लागिपरिरहेको छ । संस्थाले जिल्लाका कलाकारहरुलाई विविध कार्यक्रममा संलग्न गराउँदै कलाकारहरुको हक हितको लागि कार्य गर्दै आएको छ । महासंघ काभ्रेका अध्यक्ष अमरकृष्ण चन्दले नाट्यकर्मी महासंघ मार्फत जिल्लाका कलाकारहरुलाई सक्रिय गराउँदै कलाकारहरुको लागि अवसर सिर्जना गर्न सक्रिय रुपमा लागि पर्ने बताए । चन्दले जिल्लामा एउटा सुविधा सम्पन्न थिएटर आवश्यक भएकोले त्यसको पहल थालिएको बताएका थिए ।

Logo