बलिउडका खानसँग फिल्म खेल्न नचाहाने अभिनेत्रीहरु

बलिउडका खानसँग फिल्म खेल्न नचाहाने अभिनेत्रीहरु

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ३० असोज

बलिउडमा अधिकांश अभिनेत्री सलमान, शाहरुख वा आमिर खानसँग स्क्रिन साझेदार गर्न लालायित हुन्छन् । एक हिसाबले हेर्ने हो भने, यी खानहरुसँग स्क्रिन साझेदार गर्नु नै आफैमा ठूलो उपलब्धी हो ।

तर, यहाँ यस्ता अभिनेत्रीको प्रसंग उल्लेख गरिएको छ, जसले यी खानहरुसँग जोडी बाँध्न चाहेनन् । को को हुन् ती अभिनेत्री, जो खानहरुसँग फिल्म खेल्न चाहादैनन् ?

दीपिका पादुकोणले सलमानको एउटा होइन, पाँचवटा फिल्मको अफर त्यागेकी छिन् । यसमा २०१६ को ब्लकबस्टर फिल्म ‘सुल्तान’ पनि सामेल छ । पछि उनको भूमिका अनुष्का शर्मालाई दिइयो ।

‘प्रेम रतन धन पायो’मा सलमान खानको बहिनीको भूमिका निर्वाह गर्ने अभिनेत्री स्वरा भास्करले शाहरुखको फिल्मलाई अस्विकार गरिदिएकी छिन् । ‘तनु वेड्स मनु’ लगायत फिल्ममा देखिएकी उनलाई फिल्ममेकर आनन्द एल रायले शाहरुख स्टारर अपकमिङ फिल्ममा अफर गरेका थिए । त्यसमा स्वराले शाहरुखको आमाको भूमिका खेल्नुपर्ने थियो । त्यही कारण उनले उक्त फिल्म अस्विकार गरिन् ।

सलमान खानको सुपरहिट फिल्म ‘प्रेम रतन धन पायो’मा उनको बहिनीको भूमिकाका लागि अमृता रावलाई अफर गरिएको थियो । उनी सलमानसँग रोमान्स गर्न चाहान्थिन् तर राखी बाँध्न चाहदैनथिइन् । त्यही कारण अमृताले उक्त फिल्मको अफरलाई लत्याइदिइन् ।

आमिर खान स्टारर फिल्म ‘गजनी’का लागि असिन भन्दा पहिला प्रियंका चोपडालाई अफर गरिएको थियो । प्रियंका उक्त चरित्रका लागि पक्कापक्की थिइनन् । त्यसैबीच आमिरले असिनलाई फिल्ममा लिए । प्रियंकाले के त्यस्तो ब्यवहार प्रदर्शन गरिन् जसका कारण उनलाई आमिरले गुमाए ।

‘द कपिल शर्मा शो’ मा ऐश्वर्य राय बच्चनले खुलासा गरेकी छिन् कि, उनले आमिर खानको फिल्म ‘राजा हिन्दुस्तानी’को अफर लत्याइदिइन् । त्यसबेला ऐश्वर्य मस्त जवान थिइन् । फिल्मको ठाँउमा पढाइमा केन्द्रित हुन चाहन्थिन् । पछि उक्त रोलमा करिश्मा कपुरलाई लिइयो । ऐश्वर्यले सवैभन्दा धेरै साहरुखको फिल्म लत्याईदिएकि छन् । जस्तो उनलाई सुरुमा कुछकुछ होताहेको लागी अफर गरिएको थियो । उनले मानिन् । पछि चलते चलतेकालागी पनि अफर गरियो । यो भूमिका पनि उनले अस्वीकार गरिदिईन् ।

आनन्द पल रायको अपकमिङ शाहरुख खान स्टारर फिल्ममा कंगना रनवतलाई अफर गरिएको थियो । तर, उनले उक्त फिल्म अस्विकार गरिदिइन् । किन ?

कफी विद करनमा कंगनाले खुलासा गरेकी छिन्, ‘म पुरुष केन्द्रित फिल्ममा अभिनय गर्न चाहन्न । जबसम्म अभिनेता–अभिनेत्री बराबर भूमिकामा हुँदैनन्, त्यस्तो प्रोजेक्टमा काम गर्दिन ।’

एमी ज्याक्सनलाई सलमान खानको सुपरहिट फिल्म ‘किक’को लागि अफर गरिएको थियो । सलमानको प्रशंसक भएर पनि उनले उक्त अफर स्विकार गरिनन् । किनभने त्यसबेला दक्षिण भारतीय निर्देशक शंकरको कन्ट्रयाकमा थिइन््, त्यही कारण सलमानसँग स्क्रिन शेयर गर्न पाइनन् । पछि उक्त स्थानमा ज्याकलिन फर्नाडिसलाई राखियो ।

एमीका साथै बिद्या बालनलाई पनि ‘किक’ को लागि अफर गरिएको थियो । तर, बिद्यालाई आफुले पाउने चरित्र त्यती शसक्त लागेन । त्यही कारण सलमान खानको फिल्मलाई उनले अस्विकार गरिदिइन् । यहि चरित्रमा परिणीति चोपडालाई पनि अफर गरिएको थियो । उनले पनि बिद्याले जस्तै जबाफ दिएकी छिन् ।

 

 

 

Logo