बलिउडका स्टार किड्स, यसरी भए आकर्षक

बलिउडका स्टार किड्स, यसरी भए आकर्षक

केन्द्रबिन्दु
0
Shares

मुम्बई, २९ असोज ।

बलिउडका किंग खान शाहरुखको व्यक्तित्व आफैमा भव्य र आकर्षक छ । पत्नी गौरी पनि निकै स्टाइलिस छिन् । तर, यस्तो दम्पतीकी छोरी सुहाना खान सुरुआती अवस्थामा त्यती आकर्षक देखिइनन् । यद्यपि अहिले उनको स्वरुप फेरिएको छ । उनी अहिले निकै सुन्दर र भव्य देखिएकी छिन् ।

सुन्दर रुपका लागि कहलिएकी अभिनेत्री हुन्, श्रीदेवी । उनकी ठूली छोरी जान्ह्वी त पहिलेदेखि नै लाइमलाइटमा छिन् । तर, कान्छी छोरी खुसी कपुरले त्यो चर्चा पाएकी थिइनन् । हालै मात्र उनी सोसल मिडियामा सक्रिय भएकी छिन् । नहोस् पनि किन, उनी अहिले बद्लिएकी छिन् । अहिले खुसीको स्टाइलिस लुक्स हेर्नलायक छ ।

सैफ अली खानकी छोरी सारा खान बलिउडमा डेब्यु गर्ने चर्चा छ । यद्यपि यसअघि उनको शरीर एकदमै भद्दा थियो । पछिल्लो समय उनले आफ्नो शरीर यसरी मेन्टेन गरिन्, पछिल्लो छिमलमा उनको सौन्दर्यको चर्चा चुलिएको छ ।

यदि तपार्इंले बाजीगर फिल्ममा काजोलको लुक्स याद गर्नुभएको छ भने, महसुस गर्नुभएकै हुनुपर्छ उनी अहिले कति बद्लिइसकेकी छिन् । यस्तै भएको छ उनकी छोरी न्यासाको हकमा पनि । काजोल–अजय पुत्री न्यासा जति जति हुर्कदै गइन्, उति नै आकर्षक हुँदै गएकी छिन् ।

(एजेन्सी)

 

Logo