ब्रेस्ट ट्रान्सप्लान्ट गर्ने आयशा

ब्रेस्ट ट्रान्सप्लान्ट गर्ने आयशा

केन्द्रबिन्दु
0
Shares

केन्द्रविन्दु डेस्क, काठमाडौं, २८ असोज ।
आयशा टकिया र सलमान खान स्टार ‘वान्टेड’मा देखिएकी थिइन् । यतिबेला भने उनी आफ्नो लुक्स एक्सपेरिमेन्टका लागि लाइमलाइटमा छिन् । केहि समयअघि ओंठको शल्यक्रिया गराएर चर्चामा समेत आइन् । शल्याक्रियापछि उनको अनुहार परिवर्तन देखियो । तर, उनको यस्तो लुक्सलाई दर्शकले खासै रुचाएनन् । किनभने शल्याक्रियापछि उनको अनुहार त्यती राम्रो भने देखिएन ।

त्यसो त यसअघि उनले ब्रेस्ट साइज पनि बढाएकी थिइन्, सिलिकन इम्प्लान्टबाट । विगतको फोटोसँग तुलना गर्ने हो भने उनको ब्रेस्ट साइज बढेको सहजै थाहा पाउन सकिन्छ ।

कम्प्लान गर्ल: शाहिद कपुरसँगै बाल कलाकारको रुपमा

आयशाले आफ्नो करियर ‘कम्प्लान’को विज्ञापनबाट सुरु गरेकी थिइन् । त्यसबेला उनी निकै सानी थिइन् । त्यसपछि उनलाई कम्प्लान गर्लको नाम दिइयो । विज्ञापनमा उनीसँग शाहिद कपुर पनि देखिएका थिए ।

फाल्गुनी पाठकको म्युजिक भिडियोमा

१५ बर्षको उमेरमा उनी फाल्गुनी पाठकको एल्बममा देखिइन् । म्युजिक भिडियो ‘मेरी चुनर उड उड जाए’बाट उनले चिनारी पाइन् । डिजे अकीलको एल्बममा काम गरिसकेपछि उनले बलिउडमा अवसर पाइन् ।

पहिलो फिल्मबाटै फिल्मफेयर अवार्ड

सुरुमा उनले अभय देओल स्टार फिल्म ‘सोचा ना था’मा साइन गरेकी थिइन् । तर फिल्म ‘टार्जन द वन्डर कार’ पहिला रिलिज भयो । टार्जन द वन्डर कारबाट आयशाले फिल्मफेयर बेस्ट डेब्यू अवार्ड पाइन् । त्यही बर्ष फिल्म ‘दिल मागे मोर’मा आयशाले मोस्ट प्रोमोसिंग न्युकमरको अवार्ड पनि जितिन् । पछि उनको फिल्म सोचा ना था, शादी नम्बर वान, होम डिलीवरी खासै सफल भएन । फिल्म ‘डोर’ का लागि उनले गंभिर भूमिका निभाएकी थिइन्, जस बापत जी सिने बेस्ट एक्ट्रेस अवार्ड पनि पाउकी थिइन् । सन् २००९ मा ब्लकबस्टर फिल्म वान्टेडमा सलमान खानसँग काम गरेर उनले निकै तारिफ बटुलेकी थिइन् ।

नेताको छोरासँग बिवाह

फिल्ममा स्थापित भइसकेपछि आयशाले व्यवशायी फरहान आजमीसँग बिवाह गरिन् । फरहान समाजवादी पार्टीका वरिष्ठ नेता अबु आजमीका छोरा हुन् । सन् २००९ मा बिवाह गरेपछि उनले फिल्म उद्योगसँग दुरी बढाइन् । पछिल्लो पटक सन् २०१० मा पाठशाला र २०११ मा मोड फिल्ममा देखियो । आयशा अहिले एक छोरोकी आमा भइसकेकी छिन् ।

अश्मित पटेलसँगको अफेयर

बिवाहअघि उनको नाम अभिनेता अश्मित पटेलसँग पनि जोडिएको थियो । आयशाले वान्टेडमा बिवाहपछि अभिनय गरेकी हुन् । आयशाले टेलिभिजन रियलिटी शो सुरक्षेत्रको होस्टिङ पनि गरेकी थिइन् ।

अन्तरंग दृश्य नचाहने

अन्तरंग दृश्य दिन नचाहने आयशाले पछि फिल्ममा खासै अवसर पाइनन् । उनी अर्थपूर्ण चरित्र मात्र निर्वाह गर्न चाहन्थिन् । उनले खुसीसाथ आफ्नो अभिनय करियर छाडिन् र अहिले व्यवसायमा हात हालेकी छिन् । एजेन्सी

Logo