२ वर्षकी भइन् सनी लियोनीकी छोरी, अमेरिकामा भयो सेलिब्रेसन

२ वर्षकी भइन् सनी लियोनीकी छोरी, अमेरिकामा भयो सेलिब्रेसन

केन्द्रबिन्दु
0
Shares

मुम्बई, २७ असोज ।

पूर्व पोर्नस्टार तथा बलिउड अभिनेत्री सनी लियोनीले आफ्नी छोरीको बर्थडे सेलिब्रेसन गरिदिएकी छिन्, अमेरिकामा । त्यहाँ छोरीसँगै पति डेनियल वेबर पनि सहभागी थिए ।

बच्चीको नाम, निशा कौर वेबर राखिएको छ । थाहै होला, सनीले आफ्नै गर्भबाट जन्माएको बच्चा भने होइन् । उनले त्यो बच्ची महाराष्ट्रको लातूरबाट एडप्ट गरेका हुन् ।

सनी लियोनीले २१ महिनाको बच्चा काखमा लिएकी थिइन् । बच्चालाई एडप्ट गर्नुअघि त्यस बच्चालाई करिब ११ अभिभावकले अस्वीकार गरेका थिए । यसको कारण थियो, बच्चाको कालो रंग ।

धेरैजसो दम्पतीले बच्चा एडप्ट गर्नुप¥यो भने, उनीहरूको अनुहार, मेडिकल हिस्ट्री, वर्ण आदि हेर्ने गर्छन् । त्यही कारण निशालाई पनि धेरैले अस्वीकार गरेका थिए । आखिरमा सनी लियोनीले उक्त बच्चालाई आफ्नो बनाउने इच्छा गरिन् । अन्ततः एउटा बेसहारा बच्चाले नयाँ जीवन पाइन् । कतिसम्म भने सनीले उक्त बच्चीको मेडिकल हिस्ट्री, रंग केही पनि हेरिनन् । बस्, बच्चालाई प्रेमपूर्वक स्वीकार गरिन् । एकदमै निःस्वार्थ भावनाले ।

बच्ची लिनका लागि उनले सबै प्रक्रिया पूरा गरेकी थिइन् । साथै लाइनमा बसेर धैर्यतापूर्वक बच्चा लिएकी थिइन् ।

(एजेन्सी)

 

Logo