१७ बर्षपछि फेरि निखिल ‘पिंजडा’ मा

१७ बर्षपछि फेरि निखिल ‘पिंजडा’ मा

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २७ असोज ।

करिब १७ वर्ष अघि बनेको थियो चलचित्र ‘पिंजडा’ र यसै चलचित्रबाट अभिनेता निखिल उप्रेतिले नेपाली सिने क्षेत्रमा डेब्यु गरेका थिए । त्यो बेला उनले गरेको स्टन्ट अर्थात् ७ तल्ला (कन्तिपुर भवन) माथि बाट हाम्फालेको कुरा अझै धेरैको स्मृतिमा ताजै छ । अब आएर त्यही चलचित्रको सिक्वेलका रूपमा ‘पिंजडा ब्याक अगेन’ भन्ने अर्को चलचित्रमा पनि उनै निखिललाई मुख्य भूमिकामा देखिने भएको छ ।

यही चलचित्र पिंजडा ब्याक अगेनको ‘यता पनि छैन उता पनि छैन’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा शब्द र सङ्गीत राजनराज सिवाकोटीको छ भने स्वर राजनराज र अन्जु पन्तको रहेको छ ।

रामजी लामिछानेको कोरियोग्राफी रहेको यो गीतमा निखिलले राम्रैसित कम्मर मर्काएका छन् । भने गीतमा निखिल र साराको केमिस्ट्री जमेको महसुस हुनेछ ।
चर्चित द्धन्द निर्देशक हिमाल केसीले निर्देशन गरेको यस चलचित्रमा निखिल उप्रेती, सारा, पुकार भट्राई लगायतले अभिनय गरेका छन् ।

 

Logo