वासिङ्टन, डिसी, २७ असोज
अमेरिकाको मेरिल्याण्डमा रहेको नेपालीको पुरानो संस्था बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना) ले चर्चित कलाकारका साथमा हालै ‘दशैँ तिहार धमाका—२०१७’ सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । "/>

अमेरिकामा दशैँतिहार सांस्कृतिक कार्यक्रम सम्पन्न

अमेरिकामा दशैँतिहार सांस्कृतिक कार्यक्रम सम्पन्न

केन्द्रबिन्दु
0
Shares

वासिङ्टन, डिसी, २७ असोज
अमेरिकाको मेरिल्याण्डमा रहेको नेपालीको पुरानो संस्था बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना) ले चर्चित कलाकारका साथमा हालै ‘दशैँ तिहार धमाका—२०१७’ सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

दशैँ तथा तिहारको अवसरमा आयोजित उक्त कार्यक्रममा मेरिल्याण्डमा बस्दै आएका नेपाली सिनेजगतका चर्चित कलाकार समेतको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा चर्चित नेपाली नायक दिलीप रायमाझी, ख्यातिप्राप्त गायक शिव परियारसँगै चर्चित नृत्य निर्देशक तथा मोडल शंकर बिसी तथा नृत्यकार पार्वती राई र नायिका ऋचा घिमिरेले समेत आफ्नो प्रस्तुती प्रदर्शन गरेका थिए । साथमा स्थानीय कलाकारको बेजोड प्रस्तुतिसँगै मौलिक नेपाली नृत्य, देउसीभैलो, नेवारी नाच प्रस्तुतिले कार्यक्रम थप मनोरंजनमय भएको थियो । कार्यक्रममा बोल्दै न्यूयोर्कका लागि नेपालका महावाणिज्यदूत मधुकुमार मरासिनीले अमेरिकामा रहेर कला, भाषा र संस्कृतिको जगेर्ना गर्न यस्तो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए ।     रासस

Logo