दबंग ब्वायको एक दिनको कमाइ भारु ६६ लाख

दबंग ब्वायको एक दिनको कमाइ भारु ६६ लाख

केन्द्रबिन्दु
0
Shares

मुम्बई, २६ असोज ।

सलमान खानको कमाइको मूल आधार फिल्म नै हो । उनले अभिनय गरे बापत प्राप्त गर्ने पारिश्रमिकको हिस्सा ठुलो छ । त्यस्तै, उनी फिल्म निर्माण पनि गर्छन् । त्यसबाहेक आफ्ना कम्पनी, विज्ञापन आदिबाट पनि सलमानले आर्जन गर्छन् ।

फ्याट्टै भनिहालौं, यसरी विभिन्न रूपमा उनले लगभग भारु ६६ लाख कमाउँछन् । यो उनको एक दिनको कमाइ हो । एक महिनामा भारु १९ दशमलव ८३ करोड रुपैयाँ कमाउँछन् ।

अघिल्लो वर्ष अर्थात् २०१६ देखि २०१७ को बीचमा उनले कमाएको कुल पैसाको आधारमा उक्त हिसाब निस्किएको हो । उनले यस अवधिमा अर्थात् एक वर्षमा करिब ३७ मिलियन डलर कमाएका थिए । कमाइको सूची सार्वजनिक गर्ने सबैभन्दा विश्वसनीय पत्रिका ‘फोब्र्स’ले यो तथ्य जारी गरेको हो ।

फोब्र्सका अनुसार, सलमानभन्दा बलिउड बादशाह शाहरुख खान अधिक कमाइ गर्छन् । दुई खानलाई अक्षय कुमारले पच्छ्याएका छन् । सर्वाधिक कमाइ गर्ने विश्वको सेलिब्रेटीमा सलमान ७१ औं नम्बरमा छन् । उनी शाहरुखभन्दा ६ स्थान तल छन् ।

शाहरुखले एक दिनमा भारु ६७ लाख रुपैयाँ कमाइ गर्छन् । हरेक महिना उनको आम्दानी भारु २१ करोड रुपैयाँ छ ।

सलमान खान सामाजिक उत्तरदायित्वको क्षेत्रमा पनि अग्रसर छन् । उनी आफ्नो ब्रान्ड बिइङ ह्युमनको कमाइको ठुलो हिस्सा सामाजिक सेवामा खर्चन्छन् । उनको ‘द सलमान खान’ फाउन्डेसन छ, त्यसले मनधाना इन्डस्ट्रिज लिमिटेडसँग बिइङ ह्युमन ब्रान्डको लुगाको व्यवसाय गर्छ ।

सलमानका १० फिल्म जसले तोडे बक्सअफिस रेकर्ड

१. सुल्तान
सार्वजनिक– २०१६
कमाइ– ३००.४५ डलर

२. प्रेम रतन धन पायो
सार्वजनिक– २०१५
कमाइ– २१३ करोड

३. बजरंगी भाइजान
सार्वजनिक– २०१५
कमाइ– ३२१ करोड

४. किक
सार्वजनिक– २०१४
कमाइ– २३३ करोड

५. जय हो
सार्वजनिक– २०१४
कमाइ– ११२ करोड

६. दबंग २
सार्वजनिक– २०१२
कमाइ– १५४ करोड

७. एक था टाइगर
सार्वजनिक– २०१२
कमाइ– १९९ करोड

८. बडीगार्ड
सार्वजनिक– २०११
कमाइ– १४५ करोड

९. रेडी
सार्वजनिक– २०११
कमाइ– १२० करोड

१०. दबंग
सार्वजनिक २०१०
कमाइ– १४१ करोड

(एजेन्सी)

Logo