अभिनेत्रीवाट निर्देशनमा छलाङ (भिडियो रिपोर्ट)

अभिनेत्रीवाट निर्देशनमा छलाङ (भिडियो रिपोर्ट)

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २५ असोज

दिया मास्के । धेरैले उनलाई अभिनेत्रीका रुपमा चिन्छन् । नृत्यंगना अभिनेत्रीको परिचय पनि दियाले बनाइसकेकीछन् । चर्चित रियालिटी शो ‘हिमालय रोडिज’को जज भएर पनि धेरैको हेराइमा परिरहेकी उनी नाटकमा जीवन्त अभिनय गर्छिन् । यतिधेरै परिचय बनाएकि दीयाले अर्को पनि परिचय थपेकीछन् – निर्देशकको । उनले नाटक निर्देशन गरेर नयाँ परिचय थपेकी हुन् । दियाले निर्देशन गर्ने नाटकको नाम हो, ‘चराहरुको सम्मेलन ।’

‘चराहरुको सम्मेलन’ पर्सियाका सुफी कवि फरिद उद्दीन अत्तरले लेखेको नाटक मन्तिक–उत्त–यर को नेपाली अनुवाद हो । पर्सियाली नाटकलाई पिटर बु्रुक र ज्याँक्लोदले नाट्य रूपान्तरण गरेका हुन् । यसलाई नेपाली अनुवाद भने पुष्पराज आचार्यले गरेका हुन् । एक्टर्स स्टुडियोको प्रस्तुति यो नाटक असोज २० गतेदेखि सुरु भएको हो । नाटक कात्तिक १ गतेसम्म मञ्चन हुनेछ । आफूले निर्देशन गरेको नाटकको बारेमा यसो भन्छिन्– निर्देशक दिया मास्के ।

एक दर्जनभन्दा बढी नाटकमा अभिनय गरेकी दियाको भर्चुअल रियालिटी, चोखाउने, मलामी, कोर्ट मार्सल आदि चर्चित नाटक हुन् । कागबेनी, संघौरो, फिटकिरी, सुनगाभा आदि उनी अभिनेत्री भएका फिल्म हुन् । दियाले निर्देशन गरेको पहिलो नाटक चराहरुको सम्मेलनले सफलता पाओस् हाम्रो शुभ कामना ।

Logo