अमिताभका यस्ता फ्यान, जसलाई अमिताभले दिए मुम्बई आउने निम्तो

अमिताभका यस्ता फ्यान, जसलाई अमिताभले दिए मुम्बई आउने निम्तो

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, २५ असोज ।

आज हिन्दी फिल्म उद्योग बलिउडका ‘शताब्दी नायक’ अमिताभ बच्चनको जन्मदिन । खासगरी बलिउडमा उनको नाम श्रद्धापूर्वक लिइन्छ । उनका करोडौं फ्यान छन् । उनको घर अघिल्तिर अमिताभको एक झल्को पाउन लालायित फ्यानहरूको भिड लाग्ने गर्छ । त्यही भिडमा यस्ता फ्यान पनि छन्, जो अमिताभलाई पूजा गर्छन् ।

त्यस्तै एक फ्यान फेला परेका छन्, भारत मध्यप्रदेशको जबलपुरमा । सिभिल लाइन्समा बस्ने उनको नाम हो, मनोज कुमार । पेसाले रिक्सा चालक । कतिसम्म भने, उनले आफ्नो रिक्सालाई अमिताभमा समर्पित गरेका छन् । पूरै रिक्सामा अमिताभका पोस्टर र तस्बिरहरू टाँगिएका छन् ।

अमिताभप्रतिको यही क्रेज नै उनको पनि चिनारी बनेको छ । उनलाई स्थानीय क्षेत्रमा धेरैले चिन्छन् । जब उनी सहरमा रिक्सा निकाल्छन्, सबैको ध्यान उनीतर्फ खिचिन्छ । अमिताभलाई पनि उनको एकजना यस्तो फ्यान छन् भन्ने थाहा भएछ । २०१५ मा अमिताभले मनोजको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेका थिए । साथै उनले सोही फोटो सेयर गर्दै मुम्बई आउनका लागि उनलाई निमन्त्रणा पनि गरेका थिए ।

मनोजलाई अमिताभका हरेक फिल्मको नाम र डायलग थाहा छ । मनोजको इच्छा छ, अमिताभलाई रिक्सामा राखेर पूरै जबलपुर सहर परिक्रमा गराउने ।

(एजेन्सीको सहयोगमा)

Logo