रणबीरसँग शारीरिक रिलेसन बनाउन चाहन्थिन् कंगना

रणबीरसँग शारीरिक रिलेसन बनाउन चाहन्थिन् कंगना

केन्द्रबिन्दु
0
Shares

मुम्बाई, २२ असोज । कंगना रनवट र ऋतिक रोशनवीच लामो समयदेखि वाकयुद्ध चलिरहेको छ । यसैमा अहिले अर्को ट्वीस्ट आएको छ ।

ऋतिकले केहि समयअघि प्रहरीमा कंगना विरुद्ध उजुरी गरेका थिए । उनको उजुरीमा कंगनाले पठाएको भद्दा एवं अश्लिल इमेलहरु छन् । त्यही मेलमा कंगनाले रणबीर कपुरसँग फिजिकल रिलेसनसिपको कुरा गरेको पनि उल्लेख गरेकी थिइन् । कंगनाले यो कुरालाई स्विकारेकी थिइन् ।

कंगनाले खुलाएकी थिइन् कि, उनी रणबीरसँग केवल फिजिकल रिलेसनसिप मात्र चाहन्थिन् । तर, रणवीर उनीसँग फुल रिलेसनसिप चाहन्थे । कंगनालाई पत्याउने हो भने, रणवीरले नै यसका लागि पहल गरेका थिए । २०१४ मा क्विन सफल भएपछि रणवीरले उनलाई आकर्षित गर्न थालेका थिए । रणवीरले ककंनासँग भिडियो र फंकी लिंक शेयर गर्न थाले । त्यसपछि रिभल्वर रानीको छायांकनमा रणवीरले सोझै प्रस्ताव राखेका थिए ।

कंगनाले मेलमा लेखेकी छिन्, ‘मैले रणवीरसँग भने कि, म अरु कसैसँग रिलेसनसिपमा छु । जब तिमी मेरो वर्थ डे सेलिब्रेसनमा सहभागी भयौ, त्यही दिनदेखि हामीबीच खटपट सुरु भएको छ । मैले तिम्रो ( ऋतिक) को नाम लिएकी थिए ।’

अब यो इमेल कति साँचो हो यो त कंगना र ऋतिकलाई नै थाहा होला । तर, रणवीर कपुर पनि अब यो झगडामा तानिएका छन् । एजेन्सी

Logo