किन फेरिए बलिउड नायक उदय चोपडा ?

किन फेरिए बलिउड नायक उदय चोपडा ?

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, २० असोज ।

फिल्म ‘मोहब्बतें’बाट बलिउड डेब्यु गरेका उदय चोपडा हालै बान्द्रास्थित इमरान हाशमीको घरबाहिर देखा परे । लामो समयपछि देखा परेका उनको लुक एकदमै भिन्न थियो । उनी मोटाएका थिए । उनी कालो टिसर्ट र जिन्समा क्याप लगाएर देखा परेका थिए ।

सन् २०१३ मा प्रदर्शित फिल्म ‘धूम ३’ पछि उनी कुनै पनि फिल्ममा देखिएनन् ।

उनले सहायक निर्देशकका रूपमा ‘लम्हे’ फिल्मबाट करियर सुरु गरेका थिए, १९९१ मा । उनी केही फिल्ममा सहायक निर्देशकको काम गरेपछि मोहब्बतेंबाट अभिनयमा होमिएका थिए ।

उनले २०१२ मा आफ्नो कम्पनी योमिक सुरु गरेका थिए । उनले २०१४ मा ‘ग्रेस अफ मोनाको’ र ‘द लन्गेस्ट विक’ फिल्म निर्माण गरे । यी फिल्मको माध्याबाट यशराज इन्टरटेनमेन्टले हलिउडमा पनि कदम राख्यो । उनी यशराज चोपडाका छोरा र निर्देशक तथा निर्माता आदित्यका भाइ हुन् ।
(एजेन्सीको सहयोगमा)

Logo